भरत भूर्तेल पत्रकारिता पुरस्कारबाट ताप्लेजुङका लिम्बू सम्मानित

0
49

झापा। 

भरत भूर्तेल स्मृति पत्रकारिता पुरस्कारबाट ताप्लेजुङका पत्रकार प्रयास लिम्बू सम्मानित भएका छन् ।

पवित्रा भेषराज खतिवडा स्मृति प्रतिष्ठान झापाले एक कार्यक्रमबीच उक्त पुरस्कार प्रदान गरेको हो ।

प्रसिद्ध खाद्य विश्लेषक डा.अरुणा उप्रेतीले बुद्धशान्तिमा आयोजित कार्यक्रममा पत्रकार लिम्बूलाई ५१ हजार रुपैंया नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेकी थिइन् ।

दुर्गम जिल्ला ताप्लेजुङमा रहेर पत्रकारिता क्षेत्रमा पुर्याइरहेको योगदानको उच्च मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको निर्णायक समेत रहेका नेपाल पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारीले जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष छविलाला खतिवडाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शिरोसान्दाई खतिवडाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here