लक्ष्मीपुर ।
झापाको अर्जुनधारा नगरपालिका–५ बिहीबारे बजारमा मुख्य कार्यालय रहेको पाण्डव बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पुष्पबहादुर घलेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बचत संघ झापाका बरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीको प्रमुख आतिथ्य रहेको थियो ।
आज (शुक्रवार) अर्जुनधारा–५ स्थित बिहीबारे बजारको सामुदायिक भवनमा साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि ओली, संस्थापक अध्यक्ष अर्जुन रेग्मी, सल्लाहकार इन्द्रमणि पौडेल, पूर्व सचिव देबराज बुढाथोकी, आरग्य कृषि सहकारीका ब्यवस्थापक शान्तिराम अर्याललगायले शुभकामना मन्तब्य राखेका थिए । स्वागत उपाध्यक्ष देबीकुमारी घिमिरेले गरेको कार्यक्रमको सञ्चालन सचिव अर्जुनमणि निरौलालले गरेका थिए ।
कार्यक्रममा जेष्ठ नागरिक सदस्यका रुपमा चन्द्रमाया पुरी, केशवकुमारी खनाल, संस्थापकका रुपमा अर्जुन रेग्मी, सल्लाहकार तथा पूर्व सचिवका रुपमा तेजकुमार गिरी, कर्मचारी भीमकुमारी अधिकारी, असल ऋणि मनोज विश्वकर्मा, असल बचतकर्ता लक्ष्मी खातीलाई सम्मान गरिएको थियो ।
आर्थिक बर्ष २०८०÷०८१ असार मसान्तसम्म एक करोड १८ लाख २३ हजार शेयरपुँजी रहेको संस्थामा एक हजार एक सय ८३ जना शेयर सदस्य रहेको अध्यक्ष घरेद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । यसैगरी संस्थाको साधारण जगेडा कोषमा ७ लाख ४२ हजार ४७२ रुपैयाँ ६४ पैसा, अन्य कोषहरु १५ लाख ५३ हजार ६० रुपैयाँ २० पैसा, निक्षेप हिसाव २ करोड ४२ लाख ६० हजार ८८३ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले मुख्य कार्यालय र बिर्तामोडमा रहेको सेवा केन्द्रबाट सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको संस्थाकी लेखापाल भीमा भट्टराईले जानकारी दिइन् ।