१४ वटै जिल्ला प्रहरी प्रमुखहरुलाई कोशी प्रहरी प्रमुख अधिकारीले भने- फरार प्रतिवादीहरुलाई तत्काल पक्राउ गर्नु

0
53

योगेन्द्र योगी
बिराटनगर,

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरु, प्रशिक्षण प्रदायक कार्यालय तथा अन्य कार्यालय प्रमुखहरुसंग भर्चुअल माध्यमद्धारा पाँचौ मासिक कार्य सम्पादन समिक्षा गरेका छन् ।

कार्यसम्पादन समिक्षामा कार्यसम्पादन सम्झौता बमोजिम श्रावण महिना देखि मंसिर महिना सम्म प्रहरी कार्यालयहरुद्वारा गरिएका कार्य प्रगति बिवरण सम्बन्धि समिक्षा, छलफल तथा अन्तरक्रिया गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता भीम बहादुर दाहालले जानकारी दिए ।

समिक्षामा मुद्दाको फछर्यौट, प्रमाणमुखि अनुसन्धान, फरार प्रतिवादी पक्राउ, लागुऔषध ओसार पसार तथा प्रयोगलाई नियन्त्रण, साईवर अपराध, आर्थिक अपराध नियन्त्रण, हराएका मानिसहरुको खोजतलास, पहिचान नभएका लाशको पहिचान, अपराध पिडितलाई कारवाहीको प्रगति विवरण सुसुचित, सवारी दुर्घटना न्युनिकरणमा विशेष पहल गर्न प्रहरी नायव महानिरीक्षक अधिकारीले निर्देशन दिएको प्रवक्ता दाहालले बताए ।

यसैगरी,प्रहरीलाई नियमित अभ्यास तथा प्रशिक्षण, सम्वेदनशिल इलाकाहरुमा थप सिसि क्यामेरा जडान तथा स्तर बृद्धि, समुदाय साझेदारी कार्यक्रम अन्तरगत बिभिन्न सचेतना कार्यक्रम संचालन लगायतका बिषयहरुमा जिल्ला प्रहरी कार्यालय लगायत मातहत इकाईहरुबाट गरिएका कार्यहरुको समिक्षा गरिएको उनले बताए ।

समिक्षा पश्चात प्रहरी नायव महानिरीक्षक अधिकारीले कार्य सम्पादन सम्झौतामा उल्लेख भएका बुँदाहरुमा आधारीत रहेर ईमान्दारीता पुर्वक र परिणाममुखी कार्य सम्पादन गर्न सबैलाई निर्देशन दिएका थिए । स्वईच्छाले हस्ताक्षर गरी प्रतिबद्दता जनाएको सम्झौतामा बिभागिय आदेश निर्देशनको पुर्णरुपमा पालना गरी आफ्नो योग्यता र क्षमताको उपयोग गरी आम नागरिकको सेवामा समर्पित समेत अनुरोध गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here