जनजीविका सम्वृद्धिको १२ औं साधारणसभा सम्पन्न

0
28

अर्जुनधारा । 

झापाको अर्जुनधारा–९ स्थित जनजीविका सम्वृद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

अर्जुनधारा–८ शनिश्चरे बजारस्थित शनिश्चरे पार्टी प्यालेसको सभाहलमा संस्था सञ्चालक समितिका अध्यक्ष जीतेश योञ्जनको अध्यक्षतामा आयोजित उक्त साधारणसभाको प्रमुख अतिथि झापा जिल्ला सहकारी संघ लेखा समिति सदस्य प्रेमसागर सापकोटाले उद्घाटन गरेका थिए ।

कार्यक्रममा समितिका अध्यक्ष योञ्जनले गत आर्थिक वर्ष ०८०/०८१को वार्षिक प्रगति प्रतिवेदन र आन्तरिक लेखा समितिको प्रतिवेदन संयोजक जगन्नाथ विश्वकर्माले प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी ४१ लाख ३५ हजार नौ सय रुपैयाँ, कर्जा लगानी ७४ लाख ८७ हजार नौ सय रुपैयाँ, कर्जा असुली ७३ लाख ५८ हजार सात सय ४८ रुपैयाँ २३ पैसा, निक्षेप संकलन एक करोड ८१ लाख ७३ हजार दुई सय ६७ रुपैयाँ ३९ पैसा, निक्षेप फिर्ता एक करोड ६९ लाख १० हजार छ सय ६१ रुपैयाँ ६१ पैसा, जगेडा कोषमा १६ लाख ८३ हजार दुई सय ३६ रुपैयाँ १९ पैसा उल्लेख गरिएको छ ।

सोही कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान पत्र, नगद र मायाको चिनोबाट सम्मानित गरिएको थियो । जसअनुसार उत्कृष्ट बचतकर्तातर्फ टीकामाया मैनाली, उत्कृष्ट उद्यमीतर्फ रीस्ता रिमाल बुढाथोकी, उत्कृष्ट बाल बचतकर्तातर्फ अनुष्का आचार्य, उत्कृष्ट कर्मचारीतर्फ अञ्जनादेवी चापागाईं, गत शैक्षिक वर्ष २०८०को एसईई परीक्षामा शेयर सदस्यहरुका सन्तानमध्ये उत्कृष्ट जीपीए ल्याउन सफल सामुदायिकतर्फ आकृति पोख्रेल (३.१८) र संस्थागततर्फ जेसिका खाती(३.६६) रहेका छन् ।

त्यसैगरी ज्येष्ठ नागरिक सम्मानतर्फ चन्द्रप्रसाद पौडेल, चन्द्रप्रसाद रिजाल, टंकमाया पौडेल, पर्शुराम कठेत र विष्णुमाया पौडेल रहेका छन् । कार्यक्रममा अर्जुनधारा नगर सहकारी समन्वय समितिका संयोजक कृष्णप्रसाद चापागाईं, कालिका बहुउद्देश्यीय सहकारी संस्थाका सचिव केदारनाथ पोख्रेल, श्रद्धा कृषि सहकारी संस्थाका सहसचिव युवराज प्रसाईं, संस्थाका निवर्तमान अध्यक्ष खेमप्रसाद नेपाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समितिका सदस्य ऋषिकुमार पोख्रेलले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव रुद्र खतिवडाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here