लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

0
32

झापा ।

झापामा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

शिवसताक्षी– ४ का २३ वर्षीय लोकबहादुर श्रेष्ठ पक्राउ परेका हुन् । उनलाई इलाका प्रहरी कार्यालय शिवगञ्जको टोलीले वडा नम्बर ४ को डाँडा गाउँबाट पक्राउ गरेको हो ।

लागूऔषध मुद्दामा झापा जिल्ला अदालतको गत चैत २२ गतेको फैसलाले उनलाई ३ महिना २९ दिन कैद सजाय सुनाएको थियो ।

उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय शिवगञ्जमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here