नियन्त्रित औषधी र लागूऔषधसहित पाँच जना पक्राउ

0
24

विराटनगर,

सुनसरी र ताप्लेजुङबाट नियन्त्रित औषधी र लागुऔषध सहित ५ जनालाई पक्राउ गरिएको छ ।

अस्थाई प्रहरी पोष्ट श्यामचौकबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका १५ मिलन चौक स्थितमा स्कुटरमा सवार सोही स्थानका २७ बर्षीय सन्जिप गिरी र २३ बर्षीय रोजेश श्रेष्ठलाई नियन्त्रित औषधी स्पासपेन १२३ ट्याबलेट  र लागुऔषध ट्रामाडोल ११७ क्याप्सुल सहित पक्राउ गरिएको हो ।

यसैगरी,ताप्लेजुङ फुङलिङ नगरपालिका ४ गोस लाईन स्थितबाट जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले फुङलिङ ८ का २० बर्षीय राम तामाङ, फुङलिङ ४ का २१ बर्षीय सोनुहाङ लिम्बु र पाथिभरा याङवरक १ का १९ बर्षीय सुमन तामाङको साथबाट नियन्त्रित औषधी स्पासपेन १८ ट्याबलेट  र लागुऔषध ट्रामाडोल १८ क्याप्सुल सहित पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरेहको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here