सहकारी क्षेत्रमा अझै ‘आर्थिकमन्दीको अलार्म’: लक्ष्मी बहुउद्देश्यीयद्वारा जिल्लाकै बढी लाभांश वितरण गरेको दावी

0
95

सुरेन्द्र भण्डारी
झापा । कोरोना संक्रमणपछि सुस्ताएको अर्थतन्त्र अझैं चलायमान हुन सकेको छैन । जसको असरबाट सहकारी क्षेत्रपनि अछुतो छैन । सहकारी क्षेत्रमा पनि ‘आर्थिकमन्दीको अलार्म’ बजिरहेको छ ।
आर्थिक मन्दीपछि केही सहकारीले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता गर्न समेत सकिरहेका छैनन् । जुन रुपमा लाभाशं वितरण गर्नुपर्ने हो, आर्थिकमन्दीपछि झापाका सहकारीले त्यो अनुरुप वितरण गर्न सकेका छैनन्– जिल्ला सहकारी संघ झापाका सचिव भवानीप्रसाद दंगालले भने– साँच्चै भन्ने हो भने कोभिडपछि सहकारी लाभांश दिन सक्ने अवस्थामा छैनन् ।
झापामा सात सय ५६ वटा सहकारी छन् । त्यसमध्ये २८ वटा सहकारी खारेज भए भने २८वटा नै सहकारी खारेजीको प्रक्रियामा रहेको सचिव दंगालको भनाइ छ । झापामा सञ्चालित सहकारीमा एक खर्बभन्दा बढीको कारोवार हुँदै आए पनि आर्थिकमन्दीको अलार्म बजेकै कारण सहकारीले लाभांश वितरण गर्न सक्ने अबस्था नरहेको सहकारी सञ्चालकहरु बताउँछन् ।
झापासहित देशभरनै निक्षेपकर्ताहरुको रकम फिर्ता गर्न नसकेर केही सहकारीहरु समस्यामा परिरहेका बेला बिर्तामोडको लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले भने शेयर पुँजीको १२.६० प्रतिशत लाभांश वितरण गरेको दावी गरेको छ । अघिल्लो वर्ष १२.१७ प्रतिशत लाभांश वितरण गरेको यो सहकारीले लाभांश रकम बढाएर १२.६० प्रतिशत पु¥याएको सहकारीको २८औं वार्षिक साधारणसभाका अवसरमा जानकारी दिइयो । सहकारीले बितरण गरेको लाभांश रकम जिल्लाकै सबैभन्दा धेरै भएको दाबी गरिएको हो ।
बिर्तामोडस्थित आदर्श व्याङ्क्वेटमा आइतवार भएको सहकारीको साधारणसभाका सहभागी अतिथिले समेत उक्त सहकारीको प्रशंसा गरेका छन् । उनीहरुले करिव तीन दशकदेखि आफ्नै गतिमा सञ्चालन भइरहेको लक्ष्मी बहुउद्देश्यीय सहकारीलाई नहौसिन सुझाव समेत दिए ।
सहकारी संस्थाका अध्यक्ष लीलाबहादुर बस्नेतको अध्यक्षतामा भएको साधारण सभाको पूवअध्यक्ष चन्द्रकुमार राजभण्डारीले उद्घाटन गरेका थिए । कार्यक्रममा बिर्तामोड नगरपालिकाका पूर्वसहकारी अधिकृत डिल्ली दाहाल, सहकारीका संस्थापक सचिव एवम् पूर्व अध्यक्ष डा. रुपक खनाल, सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेल, जिल्ला सहकारी संघका सदस्य तथा स्वरोजगार भवानी साकोसका अध्यक्ष केशब बस्नेत,कर्णाली साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उनीहरुले शुभकामना मन्तव्यका क्रममा सहकारीलाई नहौसिन सुझाएका हुन् । लक्ष्मी लक्ष्मी बहुउद्देश्यीय सहकारी बिर्तामोडको मात्र उत्कृष्ट सहकारी नभएर जिल्लाकै नमूना भएको उनीहरुको भनाइ थियो । त्यसो त झापामा ११ वटा ठूला सहकारी छन् ।
जसमा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोड, नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. मेचीनगर, कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड, मेची बहुउद्देश्यीय सहकारी संस्था दमक, सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोड, पूर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. तोपगाछी, हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोड, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था दमक, सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था दमक, नवोदय बहुउद्देश्यीय सहकारी संस्था समेत चलेको छ । तर, लक्ष्मी वहुउद्देश्यी सहकारी संस्थामा कूल ४ हजार ३६० जना मात्र शेयर सदस्य छन् । सहकारीले धितोमा मात्र कर्जा लगानी गर्ने गरेको छ ।
जसका कारण कर्जा सुरक्षित हुँदै आएको बताइएको छ । सहकारीले आर्थिक वर्ष २०८०÷०८१मा १ करोड ४ लाख ५३ हजार ५ हजार ८४ रुपैयाँ मुनाफा कमाएको छ । त्यसलाई अर्को वर्ष बढाएर एक करोड ९४ लाख ५० हजार रुपैयाँ पु¥याउने लक्ष्य लिएको छ । त्यस्तै संस्थाको शेयरपुँजी ३ करोड २२ लाख ६२ हजार दुई सय रुपैयाँ रहेकोमा त्यसलाई अर्को वर्ष बढाएर चार करोड पु¥याउने लक्ष्य राखिएको संस्थाका अध्यक्ष बस्नेतद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै कूल निक्षेप ३५ करोड ४८ लाख ९८ हजार ५ सय ९४ रुपैयाँ रहेकोमा त्यसलाई बढाएर ४५ करोड पु¥याउने लक्ष्य राखिएको अध्यक्ष बस्नेतले कार्यक्रममा जानकारी दिए । कार्यक्रममा उत्कृष्ट बचतकर्ताहरु प्रयत्न शाक्य, चरणसिंह राजवंशी, भीमबहादुर लिङ्देन, गोपालकृष्ण अग्रवाल, दाताराम मैनाली, सरोज अधिकारी, सुनिल खरेल, गीतादेवी ढकाल, ऋणीतर्फ सुजता बुढाथोकी, अम्बिका तामाङ, भीम खरेल, टीकाप्रसाद मिश्र र मित्रकुमार मगरलाई नगदसहित सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारी मनिष कट्टेल र गीता न्यौपानेलाई सम्मान गरिएको थियो । सहकारीका उपाध्यक्ष भगिरथ पोद्दारले स्वागत गरेको कार्यक्रममा ऋण उपसमितिको प्रतिवेदन संयोजक रमेश थापा मगरले प्रस्तुत गरेका थिए भने सञ्चालन लेखा समिति संयोजक रोशन दाहालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here