ऊँ नमःशिवायको १२ औं बार्षिक साधारणसभा

0
19

चारपाने, दशनामीको बाहुल्यता रहेको ऊँ नमःशिवाय बचत बचत तथा ऋण सहकारी संस्थााको १२ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
झापा बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको साकोसले सोमबार बिर्तामोड–२ स्थित पर्शुराम पार्टी प्यालेसमा साधारणसभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष भरतलाल गिरीको अध्यक्षता भएको कार्यक्रममा संस्थाका जेष्ठ सदस्य गोबर्धन गिरीलाई प्रमुख अतिथि बनाइएको थियो । स्वागत संस्थाका उपाध्यक्ष खिलबहादुर गिरी (राजु) ले गरेको कार्यकममा लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन लेखा संयोजक इन्द्रमणि पौडेलले प्रस्तुत गरेका थिए । साथै कोषाध्यक्षको खड्ग गिरीले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए ।
आर्थिक बर्ष २०८०÷०८१ असार मसान्तसम्म एक करोड ९० लाख ६१ हजार ८०० रूपैयाँ शेयर पँुजी रहेको संस्थामा एक हजार ७ सय १५ जना शेयर सदस्य रहेको संस्थाका अध्यक्ष भरतलाल गिरीले प्रस्तुत गरेको प्रतिबेदना उल्लेख छ । त्यसैगरी कोष हिसाब ८३ लाख ५२ हजार ५५४ रूपैयाँ ३५ पैसा, बचत तथा निक्षेप हिसाब १ करोड ५० लाख ६६ हजार ६६८ रूपैयाँ ९८ पैसा रहेको छ ।
संस्थाले यस आर्थिक वर्षमा खुद नाफा १३ लाख ९० हजार ८६७ रूपैयाँ ५५ पैसा गरेको प्रतिबेदनमा उल्लेख छ ।
कार्यक्रममा नेपाल दशनामी समाजका पूर्व केन्द्रिय उपाध्यक्ष तथा संस्थाका सल्लाहकार केदारप्रसाद गिरी, समाजका पूर्व केन्द्रिय कोषाध्यक्ष तथा संस्थाका सल्लाहकार तीलकप्रसाद गिरी, समाजका पूर्व केन्द्रिय सदस्य तथा संस्थाका सल्लाहकार लभकुश गिरी, समाजका पूर्व कोशी प्रदेश अध्यक्ष चन्द्रप्रसाद गिरी एवम् संस्थाका सल्लाहकार चन्द्रप्रसाद गिरी, समाजका कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी ( प्रकाश ), समाजका झापाा अध्यक्ष केदार गिरी, समाजको झापा पूर्व महिला अध्यक्ष तथा संस्थाकि सल्लाहकार पार्वता गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिब शंकर गिरीले गरेका थिए । कार्यक्रममा समाजका केन्दिय सह–कोषाध्यक्ष गोबिन्द गिरी, केन्दिय सदस्य एलबि गिरी, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी,समाजकी कोशी प्रदेश उपाध्यक्ष शारदा गिरी, साथै समाज बिभिन्न पालिका तथा वडाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here