इटहरीमा नक्कली बमको आतंक, शंकास्पद ब्यक्तिहरु प्रहरीको निगरानीमा

0
38

इटहरी ।

सुनसरीको इटहरी उपमहानगरपालिकाको गेटअगाडि भेटिएको संसास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । बम भएको भन्दै हल्ला फैलिएपछि प्रहरीले उच्च सर्तकता अप्नाएको थियो ।

त्यसतै इटहरी उपमहानगरपालिकाको करिब दुई किमि पूर्व सुनसरी र मोरङ जोड्ने बुढीखोला पुलनजिक अर्को शंकास्पद वस्तु भेटिएको थियो । भेटिएका दुई शंकास्पद वस्तु बम भने नरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुख सुमनकुमार तिम्सिनाले जानकारी दिए । इटहरी उपमहानगरपालिकाको गेटका होक्स रहेको जनाइएको छ ।

उपमहानगर अगाडि होक्स भेटिँदा बुढीखोलाको पुल छेउमा भने प्लास्टिकभित्र केही फोहोर मात्र भेटिएको प्रहरीले बताएको छ । इटहरी उपमहानगर पालिकाको गेटअगाडि भेटिएको शंकास्पद वस्तुसँगै केही पर्चा प्रहरीले भेटेको छ । राष्ट्रिय सुरक्षा दल नामको लेटरप्याडमा विभिन्न मागहरू राखिएका छन् ।

प्रहरीले बरामद गरेको पर्चामा संवैधानिक राजतन्त्र, प्रत्यक्ष निर्वाचित कार्यकारी, वैदिक सनातन हिन्दु राष्ट्र, संघीयता खारेजी, बलियो स्थानीय तहलगायतका माग गरिएका छन् । आफ्ना मागहरूलाई सरकारले ४० दिनभित्र पूरा गर्न चेतावनी समेत दिएको छ ।

प्रहरीले भने आतंक फैलाउनेहरू पहिचानको क्रममा रहेको जनाएको छ । विगतमा यस्तै घटनामा संलग्नहरूमाथि स्क्रिनिङ गर्दै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here