देवान दोर्जे परिवारमा शोक

0
19

शिवसताक्षी।

प्रजातन्त्र सेनानी देवान दोर्जे(थिङ्ग) परिवारमा शोक परेको छ । झापा शिवसताक्षी नगरपालिका–८ निवासी थिङकी श्रीमती देवकी दोर्जेको ९२ बर्षको उमेरमा निधन भएको हो । देवान दोर्जेको यसअघि नै निधन भइसकेको छ ।

प्रजातन्त्र प्राप्तिका लागि नेपाली कांग्रेसले सञ्चालन गरेको मुक्तिसेनाका पूर्वी कमाण्डर दोर्जे चर्चित सेनानीका रुपमा परिचित थिए । थिङका दुई श्रीमतीमध्ये देवकी कान्छी श्रीमती हुन् । उनका छोरा टिका दोर्जेको समेत यसअघि नै निधन भइसकेको छ ।

उनी पनि प्रजातान्त्रिक आन्दोलनका सक्रिय योद्धा मानिन्छन् । देवकीका बुहारी नेमा डोल्मा तामाङ छन् । देवकीका नाती सुरेन दोर्जे हाल शिवसताक्षी वडा नं–८ का वडा सदस्य हुन् । उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।

दोर्जेको परिवारमा परेको शोकप्रति नेपाली कांग्रेस झापाले दुःख ब्यक्त गरेको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले शोकाकुल परिवारजनप्रति गहिरो समवेदना ब्यक्त गर्दै दिवंगत देवकी दोर्जे थिङको आत्माको चिर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here