पुर्वेली इन्भेष्टमेन्ट कम्पनीको एघारौँ चुनावी साधरणसभा

0
19

पथरीशनिश्चरे।

पूर्वेली इन्भेस्टमेन्ट कम्पनीको ११औं साधारण चुनावी साधरणसभा सम्पन्न भएको छ। झापाको दमक, मन्दिर स्थित कम्पनीको आफ्नै पार्टी प्यालेसमा उक्त साधारण सभा सम्पन्न भएको हो।

पथरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेतको प्रमुख आतिथ्यता तथा कम्पनीका अध्यक्ष माधवप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न भएको सो साधरणसभामा कम्पनीका प्रबन्ध निर्देशक तुलसी ढकालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कम्पनीका सचिव मोहन श्रेष्ठले आर्थिक प्रगतिवेदन प्रस्तुत गर्नुभएको थियो।

त्यस्तै, अध्यक्ष माधव कोईरालाले आगामी कार्य योजना प्रतिवेदन प्रस्तुत गर्नुभएको सो सभामा लेखा संयोजक यादव दुलालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

सोही ११ औं साधारण सभाले तुलसी ढकालको अध्यक्षतामा ७ सदस्य सञ्चालक समिति गठन गरेको छ। जसमा प्रबन्ध निर्देशक मोहन श्रेष्ठ, सचिव रमेश खत्री ,कोषाध्यक्ष चन्द्र शाह तथा सदस्यहरु क्रमशः कृष्ण थापा, भीम ढकाल र निलम बस्नेत र सदस्य अर्जुन काफ्लेलाई चयन गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here