झापा ।
झापाको अर्जुनधारामा ११ वर्षीया नबालिका र मेचीनगरमा १८ वर्षीया युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
अर्जुनधारा–५ स्थित सुकुम्वासी टोलमा ११ वर्षीया नाबालिकालाई जवरजस्ती करणी गरेको आरोपमा ६० वर्षीय ज्योति राजवंशी पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उता १८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर–१५ ज्यामिरगढी डेरा गरी बस्ने भारत पश्चिम बंगाल हाँसीमारा घर भएका ३५ वर्षीय कुमार तामाङ पक्राउ परेका छन् । प्रहरीले तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।