रोटरी क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

0
68

रत्नबहादुर बस्नेत,
बिर्तामोड ।

बिर्तामोड नगरपालिका -१०स्थित चमरधाप आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।

विद्यालयमा आयोजित एक कार्यक्रमकाविच काठमाण्डौ जिल्ला झापा विद्यालय सहयोगी संस्था रोटरी क्लब अफ काठमाण्डौ सर्कल एभरेष्ट हार्डवयरद्वारा बालशिक्षादेखि कक्षा तीनसम्मका ६२ जना विद्यार्थीलाई न्यानो कपडा ज्याकेट, टोपी, रेनकोट तथा केही खेलकूदका सामाग्री वितरण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि चलचित्र निर्माता गंगाप्रसाद पोखरेलले उक्त न्यानो कपडा तथा सामाग्री विद्यालयलाई हस्तान्तरण गरेका थिए। विद्यालय व्यवस्थापन समिति अध्यक्ष रिमानध्वज लोक्तामको अध्यक्षता तथा चलचित्र निर्माता गंगाप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिक्षक कुन्ता राईले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि गंगाप्रसाद पोखरेलले विद्यार्थीको आवश्यकता बुझेर जाडो याममा पढाइमा सहजता होस् तथा अध्ययन अध्यापन कार्यमा सहयोग पुगोस् भनेर उक्त सामाग्री दाताको तर्फबाट प्रदान गरिएको बताए। चलचित्र नायक सञ्जय खतिवडाको विशेष पहलमा सम्पन्न कार्यक्रमको संयोजनसमेत प्रमुख अतिथि चलचित्र निर्माता पोखरेलले गरेका हुन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोक्तामले सहयोगी दाता तथा संयोजन कर्ताप्रति धन्यबाद ज्ञापन गरेका थिए। उनले अति विपन्न वर्गका विद्यार्थी अध्ययन गर्ने विद्यालयमा समयोचित सहयोग गरेर दाताले पुण्यदायी काम गरेको भन्दै अरुले पनि यसतर्फ अग्रसर बन्नुपर्ने बताए।

कार्यक्रममा वडा सदस्य पृथ्वी बस्नेत, निवर्तमान बिर्तामोड नगरपालिका कार्यपालिका सदस्य गीता घिमिरे पोखरेल, निर्जीवन बिमा कम्पनी युनाइटेड अजोड इन्सुरेन्स लि. बिर्तामोडका प्रमुख नरेश पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा सहयोगी दाता रोटरी क्लबलाई प्रशंसापत्र प्रदान गरिएको थियो । शिक्षक अभिभावक संघका अध्यक्ष हरीप्रसाद कडेल, सदस्य लीलाबहादुर बस्नेतलगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक देवीप्रसाद पोखरेले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here