झापा, अर्जुनधारा नगरपालिका ५ मा रहेको भानु माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
अर्जुनधारा नगरपालिका प्रमुख बलदेववसिंह गोम्देनको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष युवराज खड्काको अध्यक्षतामा विद्यालयले बार्षिकोत्सव मनाएको हो । विद्यालयका प्रधानाध्यापक रुपक दाहालले विद्यालयको शैक्षिक गतिविधि सहित वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विद्यालयमा स्थापित विभिन्न अक्षयकोषको रकमद्वारा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो भने कार्यक्रममा सहभागी भएका उत्कृष्ठ विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
गणेश खड्काले स्थापना गरेको देवी तुलसा अक्षयकोषबाट उत्कृष्ठ विद्यार्थी समुन्द्र राई र स्वर्णीमा लिम्बूलाई पुरस्कृत गरेका थिए ।
लाल वहादुर – जसोदा चौहान शिक्षा अक्षयकोषबाट संस्थापक जीतवहादुर चौहानले कक्षा १२ का छात्र दर्पण गौतम, छात्रा संरचना सिटौलालाई पुरस्कृत गरेका थिए ।
त्यस्तै धनमाया खनाल शिक्षा अक्षयकोषबाट प्रशान्त पौडेल स्वस्तिका खनाल पुरस्कृत भए । कोष कुल प्रसाद खनालले स्थापना गरेका हुन् ।
लक्ष्मण खतिवडाले स्थापना गरेको जगंन्नाथ खिल कुमारी खतिवडा स्मृति शिक्षा अक्षयकोषबाट मुना दर्जीलाई पुरस्कृत गरियो ।
अंविकादेवी अधिकारीले स्थाापना गरेको तुलसीप्रसाद – राममाया अधिकारी अक्षयकोषबाट मिसन कोइरालालाई प्रदान गरियो । मातृका प्रसाद कोइराला संस्थापक रहेको पुरुषोत्तम कोइराला स्मृति अक्षयकोषबाट अभिमन वुढाथोकीलाई पुरस्कृत गरियो ।
विद्यालयले शिक्षक तर्फ वर्ष उत्कृष्ठ शिक्षकका रुपमा युवराज निरौलालाई सम्मान गरेको छ । दीर्घसेवी शिक्षा तर्फ प्रेमप्रसाद उप्रेती, लक्ष्मीप्रसाद भण्डारी र वशन्त कुमार राजवंशीलाई सम्मान गरेको छ ।
विद्यार्थीले विज्ञान प्रर्शसनी सहित वार्षिकोत्सव कार्यक्रममा नृत्य, गायन सहितका प्रस्तुति प्रस्तुत गरेका थिए । कार्यक्रममा व्यवस्थापन समितिका सदस्यहरु डोरनाथ खतिवडा, गोमादेवी घिमिरे, मुखवेल धिमाल , निरा धिमाल , दान कुमारी कार्की , शिक्षक प्रतिनिधि तेजश्वी पौडेल, शिक्षक अभिभावक संघका संयोजक वुधकुमार राजवंशी लगायतको आतिथ्य रहेको थियो ।