विन्तिविनायक आविको हित कोषका लागि ७ लाख ५५ हजार हस्तान्तरण

0
100

विमल दहाल, महमाई ।

भूतपूर्व विद्यार्थी विद्यालय हित कोष हस्तान्तरण तथा हितकोष रकमदाता सम्मान कार्यक्रम माई नगरपालिका-६ पलासे महमाईमा बिहिबार सम्पन्न भएको छ।

बिन्ती विनायक आधारभूत विद्यालय हितकोषको लागि संकलित ७ लाख ५५ हजार ६ सय ६८ रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरिएको छ । भूतपूर्व विद्यार्थी तथा अभिभावक विद्यालय हितकोष संयोजक गोविन्द फ्याक लिम्बु र आर्थिक संयोजक हर्कबहादुर योङयाङले संकलित रकमको चेक विद्यालयका प्रधानध्यापक खड्क बहादुर कडेल मार्फत विधालय परिवारलाई एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको हो। विधालय हित कोषमा १०३‌जना पूर्व विद्यार्थी, अभिभावक तथा अन्य दाताहरूले सहयोग गर्नुभएको थियो। हितकोष सङ्कलन १०० दिने अभियान मार्फत उक्त रकम जम्मा भएको विद्यालयका प्रधानाध्यापक कडेलले जानकारी दिनुभयो । शैक्षिक गुणस्तर सुधारका लागि हितकोष खर्च हुने वताईएको छ।

साकेला सिली, बाल नृत्य लगायत प्रस्तुत गरिएको कार्यक्रममा हितकोषमा सहयोग गर्नुहुने १०३ जनालाई खदा,प्रमाणपत्र र सयपत्री माला सहित सम्मान गरिएको थियो। त्यस्तै उमेर हदका कारण सेवा निवृत्त हुनुभएका शिक्षक प्रेम बहादुर सुब्बा नेम्वाङलाई समेत सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि माई नगरपाालिका प्रमुख खम्बा सिंह लिम्बुले विद्यालय हितको सम्बन्धी सिकाई माई नगरपालिकाभित्रका अन्य सामुदायिक विद्यालयहरूले पनि सिक्नुपर्ने बताउनुभयो। वहाँले नगर प्रमुखको सचिवालयवाट बिधालय हितकोषका लागि ५० हजार प्रदान गर्ने घोषणा गर्नु भएको छ।

नगर प्रमुख लिम्बुले सामुदायिक विद्यालयहरुमा अध्ययनरत सबै बिधार्थीहरुको स्वास्थ्य विमा गरिएको र विद्यार्थी संगै उनको अभिभावकको विमा हुदाँ १० हजार माई नगरवासीको निशुल्क स्वास्थ बिमामा नगरको एक करोड लगानी गरिने जानकारी दिनुभयो। प्रमुख अतिथि लिम्बुले शिक्षा, स्वास्थ्य र कृषिको लगानी माई नगरपाालिकाको प्रथामिकता रहेको जानकारी दिनुभयो।

रकम हस्तान्तरण तथा सम्मान कार्यक्रमका अध्यक्ष सेमिहाङ योङहाङको अध्यक्षता र विद्यालयका शिक्षक मिना राईको स्वागत र शिक्षक अशोक क्षेत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि खम्बासिंह लिम्बु, वडा नम्बर-६ का वडा अध्यक्ष खड्ग सुन्दर योङहाङ , शिक्षा युवा तथा खेलकुद शाखा माईका प्राविधिक सहायक केशव खनाल, हितकोष संयोजक गोविन्द फ्याक लिम्बु, आर्थिक संयोजक हर्कबहादुर योङयाङ लगायतले मन्तव्य राख्नुभएको प्रधानाध्यापक खड्क बहादुर कडेलले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here