मोटरसाईकल चोरीमा संलग्न दुई जना पक्राउ

0
8

मोरङ ।

मोरङको विराटनगर महानगरपालिका–४ स्थित नोवेल शिक्षण अस्पतालबाट मोटरसाईकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अस्पतालमा पार्किङ गरी राखेको को २३प ६१७६र प्रदेश १–०२–०४४ प १९ नम्बरको मोटरसाईकलको लक फुटाएर चोरी गर्दै गरेको अवस्थामा विराटनगर –३ का १८ बर्षीय निकपाल यादब र १८ बर्षीय जितेन्द्र यादबलाई अस्पतालमा खटिएको प्रहरी कर्मचारीले नियन्त्रणमा लिएको हो ।

चोरीमा संलग्न रहेका दुबैजनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here