सुनाखरी माविको ३२ औँ वार्षिक उत्सव

0
40

पथरीशनिश्चरे ।

मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १ मा रहेको सुनाखरी माध्यमिक विद्यालयले वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।

विद्यालयले आफ्नो हाताभित्र सप्ताहव्यापी विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरूको आयोजना गर्दै आफ्नो ३२ औँ वार्षिक उत्सव मनाएको हो।

उक्त वार्षिक उत्सवको समापनका अवसरमा पथरिशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उहाँले स्थानिय तह र शिक्षक शिक्षिकाहरूको सहकार्यले मात्र विद्यार्थीको समग्र शैक्षिक गुणस्तर माथि उकास्न सकिने सुझाव दिनुभएको थियो।

विभिन्न सांस्कृतिक प्रस्तुति, सम्मान र पुरस्कार वितरण लगायतका विभिन्न कार्यक्रमहरू आयोजना गरिएको सो कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल बुढाथोकी, पञ्चायत मावि व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटा, कार्यपालिका सदस्य वीरध्वज शिवा, पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, समाजसेवी धनकुमार तामाङ , विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर साउदेन, पूर्व संस्थापक प्रधानाध्यापक मेनुका राई, विद्यालय व्यवस्थापन समितिका प्रमुख सल्लाहकार मुना राई, शिक्षक अभिभावक संघका पदाधिकारीहरू,लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयकी प्रधानाध्यापक भूमिका मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको प्रगति र आगामी योजना सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो । सोही अवसरमा यस वर्ष (२०८०को उत्कृष्ट शिक्षक पुरस्कार पिताम्बर घिमिरेलाई प्रदान गरिएको थियो भने उत्कृष्ट विद्यार्थी पुरस्कार अनुशा सोनामलाई प्रदान गरिएको थियो।

यसैगरी , विद्यालयका शिक्षक शिक्षिकाहरू क्रमशः सुनिता भट्टराई, मनमाया तामाङ, तारानिधी तिम्सिना, बलराम तिम्सिना र पूर्व प्रधानाध्यापक नरेन्द्र घिसिङ सम्मानित हुनु भएको थियो। सोही अवसरमा शिक्षक–शिक्षिका लक्ष्मी देवी खड्का , तेजबहादुर थापा, ऋद्धि बहादुर काफ्लेलाई कदरपत्र प्रदान गरी अवकाश विदाई गरिएको थियो।

त्यस्तै, सृजना राई ,चन्द्रलाल भण्डारी, अमरसिंह लिम्बु र युवराज सापकोटालाई बिदाई गरिएको थियो। साथै, सोहि समारोहमा खेलकुद सप्ताहका विजयी छात्र–छात्राहरूलाई पुरस्कार वितरण गरेको थियो । छात्र छात्राहरूको लागि भलिबल, चकलेट रेस, दौड, एथलेटिक्सका विविध खेलहरुको प्रतियोगित गरिएको थियो भने अभिभावकको लागि म्युजिकल चेयर र हांडी फुटाई प्रतियोगिता गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीपकुमार राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई प्रधानाध्यापक भूमिकादेवी मगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने शिक्षकद्बय बलराम तिम्सिना र पिताम्बर घिमिरेले संचालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here