मेरी आमाले मलाई माया गर्छिन्,
धेरै नै माया गर्छिन् ।
मेरा गल्तीहरु बुवाबाट लुकाईदिन्छिन्
र पछि आएर सम्झाउँछिन् ।
यसरी आमाले मेरा गल्तीहरु लुकाइदिँदा
खुब रमाइलो लाग्थ्यो,
तर, मलाई के थाहा थियो र
मेरा गल्तीहरु लुकाउँदा–लुकाउँदै
आफ्नै आँशु लुकाउन सिकिछिन् आमाले
त्यो ममताको ठूलो भण्डारमा मेरो लागि माया
थप्दाथप्दै आफ्नै दुःख दबाउन सिकिछिन् आमाले ।
आमाले मलाई गणित सिकाइन्,
भन्थिन् एकमा एक जोड्दा दुई हुन्छ
तर, उनले त दुई धड्कनलाई एकै शरीरमा धड्काइन् ।
आफ्ना आवश्यकताहरुलाई घटाएर मेरो इच्छा जोडिन् ।
आफ्नो भागको खुशी गुणा गरेर मलाई दिइन् ।
आफ्नो भागमा केही राखिनन् ।
आफूलाई शुन्य पारेर मलाई पूरा गरिन् ।
खै आमाले गणितको कुन नियम पालना गरिन् ।
आमालाई बिर्सिने रोग लागेको छ,
परिवारको लागि जिउँदा जिउँदै
आफ्नो लागि जिउँनुपर्छ भन्ने कुरा आमालाई यादै छैन ।
जसरी हाम्रो यो एउटै जीवन हो उनको पनि हो,
यो कुरा आमालाई यादै छैन ।
आमा जस्ती पनि छिन् महान् छिन् ।
उनको निःस्वार्थ माया र त्याग त झन् कति महान् छ ।
आमालाई मेरो कोटी कोटो प्रणाम छ ।
आमाको अपरम्पार मायाको अघि
स्वयम् भगवान् झुक्ने गर्छन् ।
आमाको पवित्रताको नापतौल गर्ने हो,
भने गंगादेखि ब्रह्मपुत्र सबै सुक्ने गर्छन् ।
ग्रिन फिल्ड वल्र्ड स्कूल
कक्षा– १०