सुनमाइ शिवालय मन्दिरको सभा

0
83

बुद्धशान्ति ।

सुनमाइ (ग्रामेश्वर ) शिवालय मन्दिरको ४७ औ बार्षिक साधारण–सभा शनिवार सम्पन्न भएको छ ।

मन्दिरका अध्यक्ष लेखनाथ अर्यालको सभापतित्वमा आयोजित कार्यक्रममा बुद्धशान्ति–७ का वडाध्यक्ष चन्द्र भण्डारीको प्रमुख आतिथ्य रहेको थियो ।

ज्येष्ठ नागरिक भवनमा आयोजित कार्यक्रममा बोल्दै वडाध्यक्ष भण्डारिले धार्मिक पर्यटनलाई जोड्न र मन्दिर निर्माण सकिए पनि अन्य ब्यवस्थाकिय कार्यमा वडाले सहकार्य गरेर अगाडि बढ्ने विश्वास दिलाए ।

कार्यक्रममा सस्थाको बार्षिक आयब्यय लेखा समिति संयोजक तेजराज अर्यालले प्रस्तुत गरेका थिए । यसैबर्ष पुरानो मन्दिरलार्इ नया स्वरुपमा १२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको छ । नयाँ मन्दिर बनाएपछि आन्तरिक धार्मिक पर्यटनलाइ बढाउन सहयोग पुगेको अध्यक्ष अर्यालले बताए ।

मन्दिरमा स्थानिय र बाहिरबाट पनि धर्म(वालम्विहरु पुजापाठ गर्न आउने गरेका छन् । विभिन्न दाताहरुबाट उठाएको रकम र पुराण लगाएर सङ्कलन गरेको रकमबाट मन्दिर निर्माणमा सहयोग पुगेको बताइएको छ । दैनिक पुजा(पाठका लागि बुद्धशान्ति–३ का टोलप्रसाद अर्यालले १२ हजार रुपैयाँँ मन्दिर समितिलाइ सहयोग रकम हस्तान्तरण गरे ।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिका–७ का वडा सदस्य शष्टकुमार राई, महिला वडा सदस्य डिकुरा घिमिरे, नमुना सामुदायिक बनका अध्यक्ष ताराबहादुर तामाङ्ग, शान्तिनगर ग्रामीण खानेपानी योजनाका अध्यक्ष राजु आचार्य लगायत विभिन्न संघ–सस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

साधारण–सभामा युवा ब्यवसायी लीला सुब्बा र मिलन बेघाले केही जिन्सी सामाग्री समेत प्रदान गरे । मन्दिर समिती सदस्य माधव अर्यालले स्वागत गरेको कार्यक्रमको सन्चालन शिवप्रसाद पौडेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here