अरुणोदय साकोसको १२ औं सभा

0
17

अर्जुनधारा ।

झापाको बिर्तामोड–५ स्थित अरुणोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

संस्था सञ्चालक समितिका अध्यक्ष ताराप्रसाद नेपालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि नेल्टा झापाका अध्यक्ष प्रकाश पराजुलीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा समितिका अध्यक्ष नेपालले गत आर्थिक वर्ष ०८०/०८१को वार्षिक प्रगति प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक बालकृष्ण दाहालले गत आर्थिक वर्षको लेखा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी एक करोड नौ लाख ९१ हजार एक सय रुपैयाँ, निक्षेप संकलन ३१ करोड ६२ लाख ३७ हजार एक सय १७ रुपैयाँ ३३ पैसा, निक्षेप फिर्ता ३१ करोड पाँच लाख २१ हजार नौ सय ९६ रुपैयाँ २८ पैसा, कर्जा लगानी एक करोड ८८ लाख १० हजार पाँच सय ९० रुपैयाँ, कर्जा असुली दुई करोड छ लाख ६५ हजार आठ सय ३० रुपैयाँ ३८ पैसा, भुक्तानी दिनुपर्ने दायित्व दुई लाख ५९ हजार नौ सय ८८ रुपैयाँ ५७ पैसा र नगद तथा बैंक मौज्दात ८३ लाख ९७ हजार सात सय १४ रुपैयाँ ४४ पैसा उल्लेख गरिएको छ ।

सोही कार्यक्रममा उत्कृष्ट बचतकर्ता सुष्मा बोहोरा, बाल बचतकर्ता बजलिन राई, असल ऋणी बलराम भण्डारी, गत शैक्षिक वर्ष २०८०को एसईई परीक्षामा शेयर सदस्यहरुका सन्तानमध्ये उत्कृष्ट जीपीए ल्याउन सफल छात्रतर्फ फडिन्द्र पौडेल र छात्रातर्फ बिमिसा ओली तथा उत्कृष्ट कर्मचारी कुन्ता खवास पुरस्कृत एवम् सम्मानित भएका छन् ।

समितिकी सहसचिव टीकादेवी रिजाल ढकालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव दीपक तिम्सिना र लेखा सुपरीवेक्षण समितिका संयोजक दाहालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here