अमृृत माविका ४९६ जना विद्यार्थीलाई स्वीटर वितरण

0
15

झापा ।

बाह्रदशी–१स्थित अमृत माविका ४ सय ९६ जना विद्यार्थीलाई जाडोबाट बच्न न्यानो कपडा स्वीटर बितरण गरिएको छ ।

लीलामाया खड्का आदर्श फाउण्डेशनले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । सहारा नेपालको व्यवस्थापन, झापा एफसी र फ्रेन्जको सहकार्यमा आयोजित कार्यक्रममार्फत फाउण्डेशनले न्यानो कपडा प्रदान गरेको हो । फाउण्डेशनकी संरक्षक शिखा खड्का गणेशले विद्यार्थीलाई शितलहरबाट जोगाउन मद्दत पु¥याउन न्यानो कपडा वितरण गरिएको जानकारी दिइन् ।

कार्यक्रमका प्रमुख अतिथि सहारा नेपालका सचिव, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीले समाजमा ‘हुनेले नहुनेलाई सहयोग गर्नु’ भन्ने मानवीय दृष्टिकोणको प्रवद्र्धन भएको बताए । यसले सामुदायिक भावनाको विकास हुँदै समाजमा सहकार्य र सहयोगको संस्कार बलियो बनाउने प्रेरणा मिलेको छ– उनले भने– यसले अन्य संघ–संस्थालाई पनि सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध हुन उत्प्रेरित गरेको छ । उनले फाउण्डेशनको यस कार्य समाजप्रति योगदान रहेको भन्दै प्रशंसा गरे । प्रमुख अतिथि गिरीले फाउण्डेशनको आगामी सामाजिक कार्यमा निरन्तरता रहोस् भन्ने अपेक्षा व्यक्त गरे ।

झापा एफसीका अध्यक्ष समेत रहेका विक्रम खड्काले आफ्नो जन्मभूमिमा परोपकारी कार्य गर्न फाउण्डेशनमार्फत आर्थिक सहयोग पठाएका हु्ुन् । फाउण्डेशनको सञ्चालक खड्का हाल कतारमा व्यवसाय गर्दै आएका छन् । प्रधानाध्यापक रामबहादुर बुढाथोकीले फाउण्डेशनको यो पहलले विद्यार्थीहरूलाई ठूलो राहत दिएको भन्दै आभार प्रकट गरे ।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूमिराज थापाले गरेका थिए । पूर्वमन्त्री टेकनारायण राजवंशीलगायतका वक्ताहरूले पनि आफ्नो धारणा व्यक्त गर्दै फाउण्डेशनको कार्यको प्रशंसा गरेका थिए ।

कार्यक्रममा सहारा नेपालका लालबहादुर गिरी, शुक्र तामाङ, दुर्गा भण्डारी, चित्रकला ओली, फणिन्द्र भण्डारी, हेम खड्का, मात्रिका सुवेदीलगायतले वितरण कार्यमा सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here