झापा ।
लायन्स क्लव अफ बिर्तामोडले हल्दिवारी–२ का दुईवटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ ।
हल्दिवारी– २ स्थित राष्ट्रिय एकता प्राथमिक विद्यालयका ११० जना बालबालिकालाई जाडोका लागि न्यानो कपडा वितरण गरिएको हो ।
लायन्स क्लब अफ विर्तामोडका अध्यक्ष प्रदिप खरेलको अध्यक्षता तथा हल्दिवारी २ का वडा अध्यक्ष शुकलाल राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लायन्स लिडर पूर्व अध्यक्ष सत्यनारायण शर्मा ,सुरज रौनियार , विद्यालयका प्रधानाध्यापक द्वारिका सुवेदीले मन्तव्य राखेका थिए । लायन्स क्लव अफ बिर्तामोड सचिव घनेन्द्र खनालले कार्यक्रम संचालन गरेका थिए ।
त्यसैगरी हल्दिवारी वडा नं २ मै रहेको नव सृजना प्राथमिक विद्यालयका ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । लायन्स क्लब अफ विर्तामोडका अध्यक्ष प्रदिप खरेलको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक भीम दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्व प्रधानाध्यापक भिमप्रसाद उप्रेती , लायन्स लिडर पूर्व अध्यक्ष सत्यनारायण शर्मा , सुरज रौनियार , संगीता रौनियारको आतिथ्य रहेको थियो ।
कार्यक्रमको संचालन लायन्स क्लब अफ विर्तामोडका सचिव घनेन्द्र खनालले गरेका थिए ।