स्वामी रामकृष्णाचार्य महायोगी शिद्ध बाबाद्वारा अतिरूद्र महायाग सफलताको शुभकामना दिँदै दिए ५१ हजार रुपैयाँ

0
43

झापा  । जगतगुरु श्रीरामानन्दचार्य सेवापीठ बराहक्षेत्र १ चताराधामका अनन्तती विभूषित जगतगुरु श्रीरामानन्दचार्य स्वामी रामकृष्णाचार्य महायोगी शिद्ध बाबाले झापाको अर्जुनधारा १ मा रहेको शंकराचार्य पीठ साधुटारमा आयोजना हुने सर्वकल्याण अभिषेकात्मक अतिरूद्र महायाग सफलताको शुभकामना व्यक्त गरेका छन् ।
शंकराचार्य पीठको अवलकनपछि महायोगी शिद्धबाबाले महायाग सम्पन्न गर्न सबै देशबासी लाग्नु पर्ने धारणा राख्दै आफ्नो तर्फबाट ५१ हजार रुपैयाँ सहयोग प्रदान गरे । जगतगुरु श्रीरामानन्दचार्य सेवापीठ बराहक्षेत्र १ चताराधामका अध्यक्ष बाबुराजा ओझाले ५१ हजार रुपैयाँ बरावरको चेक शंकराचार्य पीठ साधुटारका आचार्य प. लक्ष्मीप्रसाद खतिवडालाई हस्तान्तरण गरेका हुन् ।
महायोगी शिद्धबाबाले अतिरुद्र महायाग ठूलो महायज्ञ भएकाले त्यसको अपनत्व झापावासीले लिनु पर्ने बताए । महायाग सम्पन्न गर्न आफूले चिनजानेका सम्पूर्ण पीठ सहित सन्त तथा भक्तजनलाई सहयोग पु¥याइदिन आग्रह गर्ने बताउँदै महायोगी शिद्धबाबाले महायाग पूर्बकै सान भएकाले यसलाई सबै मिलेर सफल बनाउनु पर्ने धारणा राखे ।
यसैबीच नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुवाश भट्टराईले महायाग सम्पन्न गर्न सबैले सहयोग गर्नु पर्ने बताउँदै ५१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । उनले आफू निकट संघ संस्था सहित स्थानीय, प्रदेश र संघीय सरकारको तर्फबाट समेत सहयोग जुटाउनका लागि पहल गर्ने बताए ।
‘सर्वकल्याण अभिषेकात्मक अतिरुद्र महायाग’का विषयमा जानकारी पीठका आचार्य खतिवडाले आगामी माघ १ गतेदेखि ११ गतेसम्म महायाग हुने र त्यसको तयारी तीब्र पारिएको बताए । उनले महायाग सम्पन्न गर्न दुई करोड रुपैयाँ लाग्ने अनुमान गरिएको बताए ।
दाताको सहयोगमा सम्पन्न गर्ने महायागका लागि अहिले रकम संकलन गर्ने र प्रचार प्रसारको काम अघि बढाइएको उनको भनाई छ ।
पुस २९ गते पूर्णिमाकादिन साधुटारबाट कनकाई माई पुगेर जल लिएर भब्य रुपमा कलसयात्रा गर्ने योजना रहेको खतिवडाको भनाई छ ।
विश्वशान्तिको कामना सहित महायागको तयारी गरिएको पीठका अध्यक्ष समेत रहेका खतिवडाले बताए ।
अध्यक्ष खतिवडाका अनुसार अभिषेकात्मक अतिरुद्र महायाग भनेको एक पटक रुद्री पढेर गर्नुलाई रुद्र, ११ पटक रुद्री पढेर अभिषेक गर्नुलाई रुद्री, १२१ पटक रुद्री पढेर अभिषेक गर्नुलाई लघुरुद्री, १,३३१ पटक रुद्री पढेर अभिषेक गर्नुलाई महारुद्री र १४,६४१ पटक रुद्री पढेर अभिषेक गर्नुलाई अतिरुद्री भनिन्छ ।
१५१ जना उपाध्याय ब्रह्मण पण्डीतले महायागमा वरण गर्ने अध्यक्ष खतिवडाले बताए ।
महायागबाट रहेको यज्ञशेष गुरुकूलको दीर्घकालीन संरक्षण गर्ने उद्देश्यले सञ्चालित ११ करोडको अक्षयकोष स्थापना महाअभियानमा सुरक्षितसमेत गरिने अध्यक्ष खतिवडाले बताएका छन् ।
महायागमा अभिषेक, पाठ, हवन बिहान ८ बजेबाट शुरु भएर १२ बजेसम्म हुनेछ भने १ बजेबाट प्रवचन हुने बताइएको छ । श्रीशङ्कराचार्यपीठमा श्री बेद बेदाङ्ग संस्कृत पाठशाला पनि सञ्चालनमा रहेको छ ।
त्यसैगरी पत्रकार सम्मेलन अघि अतिरुद्र अभिषेकात्मक महायाग’ स्थलको समेत उद्घाटन गरिएको छ । महायाग गर्ने स्थलमा पूजापाठपछि सुनको फाली भएको हलोसहित गोरुले तीन फन्का जोतेर महायाग स्थलको शुभराम्भ गरिएको थियो ।
बि.सं. २०३३ सालमा स्थानीय केदारनाथ खतिवडाको अगुवाईमा सामाजिक सद्भाव र प्ररणाबाट आर्ष गुरुकुलिय आचारसंहिता अनुरुप सञ्चालन हुनेगरी संस्कृत पाठशालाको प्राराम्भ भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here