निर्माण व्यवसायी संघ झापामा गिरी र राईसहित चार जना निर्विरोध

0
44

झापा,

नेपाल निर्माण व्यवसायी संघ झापाको प्रथम उपाध्यक्षमा केदार गिरीसहित चार पदमा निर्विरोध निर्वाचित भएका छन् ।

संघको १६ औँ अधिवेशनबाट कञ्चन निर्माण सेवा बिर्तामोडका सञ्चालक गिरीसहित द्वितीय उपाध्यक्षमा भद्रपुरका राजकुमार राई, सचिवमा शिवसताक्षीका लोकेन्द्र श्रेष्ठ र महिला सदस्यमा बुद्धशान्तिकी कमला थाम्सुहाङ निर्विरोध निर्वाचित भएका हुन् ।

संघको आज उम्मेदवारी दर्ता गर्ने कार्यक्रममा चार पदमा एक एकजनाको मात्र उम्मेदवारी दर्ता भएकाले उनीहरू निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत गोपालबहादुर थापाले जानकारी दिए ।संघको यो अधिवेशनमा ३७४ मतदाता रहेका छन् । आज नै उम्मेदवारमाथि दाबी विरोध र फिर्ता गर्ने कार्यक्रम रहेको थापाले बताए । भोलि बिहान ८ः३० बजेदेखि मतदानको कार्यक्रम तय गरिएको छ ।

१६ औँ अधिवेशनमा अध्यक्ष पदका लागि इन्जिनियर प्रकाशकुमार सिंह र रमेश अधिकारीले उम्मेदवारी दिएका छन् । तृतीय उपाध्यक्षमा गोपालबहादुर बस्नेत र नयन बराल, महासचिवमा पुष्पराज निरौला र ओम पौडेल भिड्ने भएका छन् ।त्यस्तै, कोषाध्यक्षमा चन्द्र खत्री, यज्ञनिधि भुर्तेल र रमेश सेढाईं तथा सह कोषाध्यक्षमा एंगल गुरुङ, सुरेश भट्टराई र सुरेन्द्र धिमालले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, सदस्यहरूमा मनोज उप्रेती, हेडम्बराज निरौला, अक्षयकुमार देव, रमेश भण्डारी, गङ्गाप्रसाद गौतम, रोशन कार्की, प्रवीण कटवाल, ज्ञानबहादुर तामाङ, इन्जिनियर विवेक जवेगु, भरत भट्टराई, दिनेश मैनाली, उद्धव कुँवर, गोविन्दप्रसाद घिमिरे, आशिष् बान्तवा र इन्जिनियर डालिम खड्काले उम्मेदवारी दिएका छन् । निर्वाचनबाट आठ जना पदाधिकारी, एक महिलासहित ११ जना सदस्य चयन हुने प्रावधान छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here