काठमाडौँ,
झापासहित देशका अधिकांश स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ ।
आज विहान करिव छ वजेर ५० जाँदा भूकम्पको महसुस गरिएको हो । भूकम्पको धक्का महसुस हुनेबित्तिकै कतिपय नागरिक घरबाहिर निस्केका छन् ।
काठमाण्डौ उपत्यकासहित विभिन्न जिल्लामा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।