माँ लक्ष्मीको १६ औं सभा

0
19

बिर्तामोड ।

माँ लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष देवेन्द्रकुमार सिंहको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड–४का वडाध्यक्ष राहुल शर्माले उद्घाटन गरेका थिए ।

संस्थाका उपाध्यक्ष राजकुमार राजवंशीले स्वागत गरेको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, नेप्सकनका प्रतिनिधि बिनोद न्यौपाने, अडिटर एशोसिएशन झापाका अध्यक्ष होमनाथ उप्रेती, संस्थापक अध्यक्ष धर्मराज माझी, पूर्वअध्यक्ष घनश्याम चौधरी, धौलागिरी साकोसका अध्यक्ष कृष्ण पौडेल, गौरवशाली साकोसका अध्यक्ष लवकुमार चौधरी, छठ समाजसेवा समितिका अध्यक्ष रामेश्वर दुबे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही समारोहमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व सहसचिव अर्जुनकुमार राजवंशीलाई सम्मान गरिएको थियो । त्यस्तै असल बचतकर्तातर्फ जोगेन्द्र चौधरी, लालबाबु साह, त्रिलोक साह, सुमित्रादेवी दास, सुकुमार घोष, आरती राजवंशीलाई सम्मान गरिएको थियो ।

त्यस्तै असल ऋणीतर्फ सिद्धिक मोहम्मद, उत्कृष्ट कर्मचारी विश्वजित हलुवाई र शेयर सदस्यका सन्ततिहरू २०८० सालको एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने कृष्ण राजवंशी, अनुष्का साह, प्रेरणा गुप्ता समेत सम्मानित भएका थिए ।

विगतमा नोक्सानमा रहेको साकोसले एक वर्षको अवधिमा उल्लेख्य प्रगति गरेर नाफातर्फ उन्मुख रहेको नीति तथा कार्ययोजनासहितको वार्षिक प्रतिवेदन अध्यक्ष सिंहले प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमा १हजार ८ सय २ जना शेयर सदस्य रहेको साकोसको शेयर पुँजी १ करोड ७१ लाख ५६ हजार १ सय रुपैयाँ, निक्षेप ३ करोड ६८ लाख ७२ हजार २ सय ३७ रुपैयाँ, ऋण लगानी ४ करोड ८६ लाख ३ हजार ७ सय १९ र खुद आम्दानी ८२ लाख ३४ हजार सात सय ६८ रुपैयाँ ३५ पैसा रहेको उल्लेख छ ।

सो अवसरमा संयोजक मनोजकुमार साहले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त सभाको सञ्चालन घनश्याम चौधरी र मनोजकुमार साहले संयुक्त रुपमा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here