विमल दहाल, माई ।
स्थानीय तहमा दलित समुदायको विकास र उत्थानको माग पुरा गराउन इलामको माई नगरपाालिकामा प्रेम सेन्चुरीको अध्यक्षतामा १५ सदस्यीय दलित सञ्चाल गठन गरिएको छ ।
दलित अधिकार संजाल माई नगरपालिका अध्यक्ष उपाध्यक्षमा भगवती वराइली, सचिवमा नर बहादुर सार्की, सहसचिवमा कमला पाचकोटी, कोषाध्यक्षमा ठाकुर खाती चयन हुनुभएको छ । सञ्जालको सदस्यहरुमा १० वटै वडाबाट प्रतिनिधित्व हुने गरी सदस्यहरु चयन गरिएको छ ।
संजालको सदस्यहरुमा वडा नम्बर १ वाट लक्ष्मी बराईली, वडा नम्बर-२ वाट कुमारी दर्जी, वडा नम्बर-३ वाट सुर्यकुमार दर्जी, वडा नम्बर-४ बाट धन बहादुर शंकर, वडा नंवर-५ वाट बिष्नुमाया कामी, वडा नम्बर-६ वाट राम कुमार गहतराज, वडा नम्बर-७ वाट मेनुका वि.क., वडा नम्बर-८ वाट ममता बराइली, वडा नम्बर-९ वाट देउमान कामी र वडा नम्बर-१० वाट लाल बहादुर वि. क.चयन हुनुभएको छ। सञ्जाल मार्फत जातीय रुपमा हुने विभेद विरुद्धका कार्यक्रम, जातिय बिभेद हटाउन कानुनी सेचतना मुलक कार्यक्रम, समतामूलक समाज निर्माणको लागि योजना बनाउन पहल गरिने बताईएको छ ।
यसैविच माई नगरपालिका इलामको आयोजना मङ्गलबार सम्पन्न दलित समुदायका लागि आयोजित दलित अधिकार सम्बन्धी सचेतना कार्यक्रममा प्रमुख अतिथि माई नगरपालिकाका प्रमुख खम्बा सिं लिम्बुले दलित समुदायका व्याक्तिहरूले राज्यले दिएको अवसरलाई अधिकतम सदुपयोग गर्नुपर्ने बताउनुहुँदै अधिकार संरक्षणका लागि विभेद विरुद्ध आवाज उठाउनुपर्ने बताउनुभयो । प्रमुख लिम्बुले अधिकारलाई आवश्यकताका आधारमा प्रयोग गर्नुपर्ने धारणा राख्नुहुँदै जातका आधारमा भन्दा वर्गीय र आवश्यकताका आधारमा अधिकार संरक्षणमा जोड दिनुभयो ।
कार्यक्रममा माई नगरपाालिका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र विश्वकर्माले कानुनी, सामाजिक, विभेद प्रकृतिका वारेमा गहिरो रुपमा बुझ्न सक्षम हुन नसकिएमा छुवाछुत, आर्थिक, सास्कृतिक उत्पिडन र विभेद अन्त्यका लागि मुक्त हुन नसकिने वताउनु भयो। वहाँले अधिकारका कुरा गरि रहदा आफैले पो विभेद गरिरहेका छौं कि भन्ने बारेमा समेत ध्यान दिनुपर्ने वताउनु भयो।
कार्यक्रमका सहजकर्ता अधिकारकर्मी देवेन्द्र विश्वकर्माले दलित समुदायलाई अहिले पनि दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने गरिएको बताउनु हुदै, जसले पिडा भोगेको छ,उसै लाई मात्र यस बारेमा थाहा रहने गरिएकाले दलित समुदायको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारका लागि सचेत रहनुपर्नेमा जोड दिनुहुदै दलित समुदायका लागि आयोजित दलित अधिकार सम्बन्धी सचेतना कार्यक्रमलाई सहजीकरण गर्नु भएको थियो।
माई नगरपालिका सामाजिक विकास शाखा सदस्य एवं कार्यपालिका सदस्य दलबहादुर शंकरको अध्यक्षता, महिला बालबालिका शाखा प्रमुख सीता भट्टराईको सञ्चालन र कार्यपालिका सदस्य कल्पना विश्वकर्माको स्वागत रहेको कार्यक्रममा माई नगरपालिका भित्रका ७० जना भन्दा बढीको सहभागीता रहेको थियो।