झापा,
झापाको किच्चकबधमा वैदिक सनातन धर्मसंरक्षण समितिले वनभोज कार्यक्रम आयोजना गरेको छ।
साहित्यिक र सांस्कृतिक प्रस्तुतिसँगै आयोजना गरिएको उक्त कार्यक्रममा पिण्डेश्वर क्याम्पसका उपप्राध्यापक दिपक पराजुली भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोख्रेल आचार्य दिल्लीराम गौतम आचार्य छन्दुराम भण्डारी डाक्टर यदुनन्दन भारद्वाज पत्रकार केशव भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी अतिथिहरूले वनभोज कार्यक्रमले आपसी सम्बन्ध सुमधुर बनाउन मद्दत पुग्ने धारणा राखेका थिए। समितिका सदस्य र सदस्य परिवारका व्यक्तिहरूको उपस्थिति रहेको कार्यक्रमका बीच सामाजिक व्यक्तित्व शेरबहादुर थापालाई सम्मान गरिएको समितिका अध्यक्ष पण्डित रामप्रसाद ओझाले जानकारी दिनुभएको छ।
सोही अवसरमा पण्डित मोहनप्रसाद घिमिरे,पण्डित नेत्रप्रसाद भट्टराई र पण्डित विवेक गुरागाईंलाई पनि सम्मान गरिएको थियो। वैदिक सनातन धर्मसंरक्षण समितिका महासचिव खगेन्द्र निरौलाका अनुसार झापाका पालिका स्तरीय समितिका संयोजकहरूलाई पनि कदरपत्र प्रदान गरिएको थियो।
वनभोजसँगै आयोजित सांस्कृतिक र औपचारिक कार्यक्रममा पण्डित अग्निप्रसाद सिग्देलले स्वागत र पण्डित अर्जुन भट्टराईले सञ्चालन गर्नुभएको थियो।