बिर्तामोड । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था १२ औं बार्षिक साधारणसभाको अन्तिम माइन्यूट प्रमाणीकरण बिर्तामोडमा गरेको छ । बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको साकोसले गत पुस १६ गतेदेखि सात स्थानमा एकाईगत साधारण सभा सम्पन्न पछि आज (बिहीवार) झापाको बिर्तामोडमा अन्तिम माएन्यूट प्रमाणीकरण सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष भवानीप्रसाद दंगाल (भानु) को अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला सहकारी संंघका अध्यक्ष गणेश ढकाललको प्रमुख आतिथ्य रहेको थियो । अध्यक्ष दंगालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सहकारी संस्कृतिको विकास हुन नसक्नु नै सहकारी संस्थाको दुभाग्य भएको बताए । ‘एउटा ब्यक्ति १० वटा भन्दा वढी सहकारी संस्थाको सदस्य बनेको छ’ अध्यक्ष दंगालले भने ‘त्यसले गर्दा त्यो ब्यक्ति सहकारीको ग्राहक र सहकारी सञ्चालक मालिकको भएको अवस्था छ ।’ उनले राज्यले सहकारी संस्कृतिको विकास नगर्दा नै सहकारी संस्थाहरु धरासायी बन्दै गएको बताए ।
अध्यक्ष दंगालको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०८०/०८१ शेयर सदस्य ३७ हजार ९६७ रहेको संस्थाको शेयरपुँजी १८ करोड ४० लाख २९ हजार १०० रुपैयाँ रहेको छ ।
यसैगरी कोष हिसाव ७ करोड ७२ लाख ६५ हजार ११० रुपैयाँ ७० पैसा, बचत निक्षेप हिसाव १ अर्व ३५ करोड ९३ लाख २६ हजार ७१३ रुपैयाँ १४ पैसा, बाह्रय ऋण हिसाव ४८ करोड २ लाख ७० हजार ६०३ रुपैयाँ १४ पैसा, लगानीमा रहेको रकम एक अर्व ८९ करोड ९४ लाख ८४ हजार ७३७ रुपैयाँ ४६ पैसा, संस्थाको आवद्धता र लगानी ५४ लाख ९३ हजार ६०० रुपैयाँ गरेको अध्यक्ष दंगालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत सुत्केरी सुबिधा, नवराजशिशु सुबिधा, पोषण तथा न्यानो कपडा, जन्मदिन उपहार, बैवाहिक बर्षगाँठ उपहार, बचतकर्ता मूत्यू राहत सुबिधा, अग्रीम बचत सुबिधा, आजीवन पेन्सन बचत सुबिधा दशैं, आजीवन पेन्सन बचत सुबिधा स्वास्थ्य, आजीवन पेन्सन बचत सुबिधा शेयरबृद्धि, श्रद्धाञ्जली तथा समवेदना, कर्मचारी शुभकार्य उपहारलगायका कार्यक्रम गर्दै आएको प्रतिवेदनमा उल्लेख छ ।
स्वागत संस्थाका उपाध्यक्ष राजेन्द्र गौतमले गरेको कार्यक्रममा प्रमुख अतिथि ढकाल, बचत तथा ऋण सकहारी संघ झापाका उपाध्यक्ष विश्वेश्वरप्रसाद भट्टराईले शुभकामना मन्तव्य राखेका थिए भने आन्तरिक लेखा परिक्षण चार्टर एकाउन्टेन्ट श्रीप्रसाद निरौलालले प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाको सचिव विश्वेश्वरप्रसाद लामिछानेले गरेका थिए ।
झापा, इलाम र मोरङ गरेर तीन जिल्लाका २२ पालिकाका ३१ सेवा केन्द्रबाट संस्थाले सदस्यहरुलाई सेवा दिदै आएको छ ।