झापा ,
झापा शिवसताक्षीमा एक दम्पती लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
शिवसताक्षी नगरपालिका–११ मिलनकुमार राईको घरमा दमक नगरपालिका–४ फूलबारी टोल बस्ने २६ वर्षीय सरूप राई र उनकी श्रीमती ३२ वर्षीया आरती मगर ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
घर खानतलासी लिँदा घरभित्र रहेको टेबलमाथि प्लास्टिकले पोका पारी राखेको अवस्थामा प्लास्टिकबाहेक २ ग्राम ५० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
दुवैलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।