महेन्द्रज्योतिको ५८ औं वार्षिकोत्सवमा विविध कार्यक्रम

0
23

बिर्तामोड ।

महेन्द्रज्योति मावि, बिर्तामोड -१० को ५८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।

खेलकूद प्रतियोगिता,सांस्कृतिक कार्यक्रम,सम्मानसहित विद्यालयको ५८ औं वार्षिकोत्सव सम्पन्न भएको हो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्योधन गुरुङको अध्यक्षता तथा झापा क्षेत्र नं.३ का कोशी प्रदेशसभा सदस्य छवि चुडालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अन्तर सदनात्मक गीत, नृत्य तथा खेलकूद प्रतियोगिताका विजयी एवम् गत शैक्षिक सत्रको वार्षिक परीक्षामा कक्षागतरुपमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो। गीत तथा नृत्य प्रतियोगिताका निर्णायकमा पूर्व शिक्षक मनु मुखिया, टेकबहादुर देवान र मोहन चुडाल रहेका थिए।

विद्यालयका प्रधानाध्यापक जयकुमार झाले विद्यालयको गतिविधिसहित प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा शान्ति-धन छात्रवृत्ति कोषको रकम दाता परिवारको तर्फबाट विद्यालय व्यवस्थापन समिति सदस्य किरण सुब्बाले रु.दुई हजारको दरले ४ जना विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेकी थिइन्। त्यस्तै पवित्रा पौडेल स्मृति छात्रवृत्ति कोषका दाता अम्बिका पौडेलले नगद दुई/दुई हजारका ४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेकी थिइन्।

यसैविच विद्यालयका पूर्व विव्यस सदस्य श्रीप्रसाद शिवाकोटी तथा उत्कृष्ट शिक्षक वीरेन्द्रप्रसाद रिजाल र ताराप्रसाद पोखरेललाई कदरपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो।
सोही अवसरमा विद्यार्थीलाई विभिन्न समयमा जुत्ता उपलब्ध गराउने नेपाल जुत्ता उत्पादक समूहका हरिशचन्द्र चम्लगाईं, व्याग उपलब्ध गराउने लाइन्स क्लब अफ बिर्तामोड लेडी अध्यक्ष निरु उप्रेती ओली, शैक्षिक सामाग्री उपलब्ध गराउने मनराम फाउन्डेसनका राजेन्द्र श्रेष्ठ, अन्य सहयोगी लिटल फ्लावर्स स्कूलका प्रिन्सिपल विशाल क्षेत्री, नारायण अधिकारी, प्रकाश ओली, ध्रुव ओली, सुवित अग्रवाल, वीरेन्द्र गुप्ता, युवराज कट्टेल र धर्म साहृलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो। त्यस्तै अभिभावक भीमा श्रेष्ठ, सुमित्रा कार्की, वेदप्रसाद भट्टराई, शिक्षकहरु राजन प्रसाईं, मोहन उप्रेती, सुम्निमा राई र कर्मचारी पुष्कर घिमिरेलाई सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद चुडाल, बिर्तामोड नगरपालिका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख तिलचन भण्डारी, नेपाल शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कट्टेल, पूर्व प्रधानाध्यापक प्रेमबहादुर लिम्बू, समानित पूर्व विव्यस सदस्य श्रीप्रसाद शिवाकोटीलगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा सदस्य दीपिका सिवा, शिक्षासेवी इन्द्रबहादुर मुखिया, विभिन्न विद्यालयका प्रअ, पूर्वशिक्षकलगायतको आतिथ्य रहेको थियो।

विद्यालयका सहायक प्रधानाध्यापक भवानी शिवाकोटीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक बीरेन्द्र कडरिया ,सरस्वती दाहाल र प्रेमप्रसाद आचार्यले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here