सञ्चारकर्मी सुवेदीलाई मनोरथ ढकाल स्मृति युवा पत्रकारिता पुरस्कार

0
13

बिराटनगर,

नेपाल रेडक्रस सोसाइटी सुन्दरहरैंचा उपशाखाको दोस्रो वार्षिक साधारणसभामा सञ्चारकर्मी कृष्णचन्द्र सुवेदीलाई सम्मान गरिएको छ।

पत्रकारिता गरिरहेका सुवेदीलाई रेडक्रश उपशाखा सुन्दरहरैँचाले स्व. मनोरथ ढकाल स्मृति युवा पत्रकारिता पुरस्कारद्वारा सम्मान गरेको हो ।

रेडक्रश उपशाखा सुन्दरहरैँचाका संस्थापक अध्यक्ष टीकाराम ढकालले स्थापना गरेको पुरस्कार पहिलो पटक सुवेदीलाई प्रदान गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी सुन्दरहरैंचा उपशाखाका सभापति घनिन्द्र न्यौपाने, कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष खेमप्रसाद न्यौपानेले पुरस्कारको दाता परिवारका प्रतिनिधिले पत्रकार सुवेदीलाई नगदसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए।

सोसाइटी सुन्दरहरैंचा उपशाखाको दोस्रो वार्षिक साधारणसभा सुन्दरहरैँचा ८ सलकपुरमा रहेको सार्वजनिक पुस्तकालयमा सम्पन्न भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा नम्बर ८ का वडाध्यक्ष न्यौपानेले आगामी दिनमा वडाले रेडक्रससँग सहकार्य गरेर विपद्जन्य कार्यमा हातेमालो गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुन्दरहरैंचा उपशाखाका सभापति न्यौपानेले संस्थाले हालसम्म गरेका कार्य र आगामी योजना समावेश गरिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here