प्राचीन इतिहासको सन्दर्भलाई अध्ययन गर्दा नेपालमा सर्वप्रथम शासन गर्ने गोपाल वंशी थिए । गोपाल वंशले ५२१ वर्ष शासन चलाए । गोपाल वंशीलाई गाई पालक पनि भन्ने गरिन्छ । यसपछि अहिर वंशले शासन चलाए । अहिर वंशले १११ वर्ष शासन गरे । उनीहरुलाई महिषपाल वंशी (भैसी पालक) भन्ने गरिन्छ । अहिर वंशपछि नेपालमा किरात वंशले शासन चलाए । किरात वंशले १११८ वर्षसम्म शासन गरे । प्रथम राजा यलम्बर र अन्तिम राजा गस्ती थिए । सातौ किराती राजा हुमतीको पालामा गौतमबुद्धको आगमन भएको थियो । सम्राट अशोक पनि किरात वंशका राजा स्थुंकोको समयमा नेपाल आएका थिए । किरात वंशपछि नेपालमा लिच्छवी वंशको शासन सुरुवात भयो । यिनीहरुको शासनको सुरुवात इसा पूर्व ३०० मा भएको पाइन्छ । जसलाई इतिहासमा स्वर्णकालीन युगका रुपमा लिने गरिन्छ । लिच्छवी वंशको शासन अवधी करीब ८०० वर्षको थियो । यसबेलाका प्रख्यात राजाहरुमा मानदेव, अंशुवर्मा नरेन्द्रदेव, आदि थिए । उनीहरुको समयमा पाइएका अभिलेखहरुले नेपालको तथ्यपरक इतिहास लेखनमा केही सहयोग पुगेको छ ।
लिच्छवी वंशको शासनपछि नेपालमा मल्लकाल उदय भयो । इतिहासमा यो समयलाई मध्यकालीन रुपमा लिइन्छ । मल्ल वंशको पहिलो राजा आदित्य मल्ल हुन् । मल्लकालमा भने काष्टकला, मूर्तिकला वास्तुकला लगायत अन्य विभिन्न क्षेत्रका हिसाबले सुन्दरकाल बन्न पुग्यो । मल्लकालामा पाइएका शिलालेख, मूर्तिकलाका साथै काष्ठकलाले इतिहास लेखनमा बढी स्पष्टता हुदँैगयो । जसको उपभोग आज पनि भइरहेको छ । यक्ष मल्लले उपत्यकालाई विभाजन गरेर आप्mना छोरालाई बाँडी दिएपछि नेपालखाल्डोको राज्य व्यवस्था कमजोर भयोे । परिणाम स्वरुप मल्ल वंशकोे अन्त्य भयो ।
मल्ल वंशको अन्त्यपछि नेपालमा शाह वंशीय राजाको साशन सुरुवात भयो । जसलाई नेपालको इतिहासमा आधिुनिक काल भनिन्छ । आधुनिक काल नेपालको इतिहास लेखनमा सबभन्दा बढी स्पष्ट भएको काल हो । प्राचीन कालमा पाइएका अनियमित अभिलेख र किंवदन्ती रुपका वंशावलीका कथाले इतिहास जोजाड गरेर निर्माण गरेको पाइन्छ । मध्यकालमा भने प्रमाणित अभिलेख पाइएकाले यो लिच्छवी कालभन्दा अलि बढी नै स्पष्ट भएको काल हो । तर पनि इतिहासको धारलाई पहिल्याउन कठिन नै थियो । आधुनिक कालका अभिलेख, चिठीपत्र, वंशावली, विदेशीबाट प्राप्त भएका धेरै लेखहरुका आधारमा यो कालको इतिहास धेरै नै स्पष्ट छ ।
बाह्र हजार घरधुरी भएको सानो गोर्खाबाट सुरुवात भएको नेपालको एकिकरण वास्तवमा विभाजित बिभिन्न स–साना राज्यका बासिन्दाको सहयोगबाट सम्भव भएको हो । एकिकरणपछिका दिनमा नेपाली बीर जातिका रुपमा चिनिँदै थिए । नेपालको इतिहास गौरव गर्न लायकको हुदँै थियो । तर यसै बिचमा अङ्ग्रेजबाट युद्धमा पराजित भएपछि नेपालको एउटा युग नै अन्त्य भयो । देश विदेशमा नाम चलेको नेपाल नेपाली कै दासतामा यसपछिका दिनमा जडकिन पुग्यो । १०४ वर्षसम्म नेपाल जहानीया शासनमा सिमित हुनपुग्यो । पृथ्वी नारायाण शाहको अन्त्यपछि नै वास्तवामा नेपालमा अन्र्तःसंघर्ष, आपसी वैमनुष्यता र भाइभाइका बिचमा मारामारको सुरुवात भएको थियो । यसले अझ उग्ररुप राणाकालमा लिएको थियो । फलस्वरुप सत्ता र शक्तिका लागि देश र जनताको भलोभन्दा पनि विदेशी शक्तिको नजिकमा पुगेर आप्mनो स्वार्थ पूर्ति गर्नतर्फ लागे । जुन क्रम आजका दिनमा पनि देख्रिन्छ ।
नेपालको इतिहासमा आधुनिक कालको जग बसाउने व्यक्ति पृथ्वीनाराण शाह हुन् । जसलाई हामी राष्ट्र निर्माता भन्दछौँ । उनले आप्mना राज्यभित्रका मुख्य व्यक्तिहरु गुरुज्यू, पुरोहत, आप्mना कूलका ठूला मान्छे, ठूलापदमा रहेका व्यक्तिहरुका साथै छ थरका पाँडे, पन्थ, अज्र्याल, खनाल राना र बोहरा जस्ता गोर्खाली राजाका पुस्तौनी भारदारहरुलाई उपस्थित गराएर उपदेशका माध्यमबाट नेपाल एकिकरण बारेमा जानकारी दिएका थिए । यही सन्दर्भमा उनले भनेका थिए, ‘‘बुढो मर्छ, तर उसले जानेका कुरा अरुमा सर्छ भनी दुनियाँहरु भन्छन् । यो कुरा संसारमा प्रत्यक्षै देखिन्छ । मेरा जीवनमा जति कुरा भए, मैले जुन कुरा बुझें । ती कुरा तिमीहरुका मनमा अडून भन्ने मेरो इच्छा छ ’’ भनी उपदेशको माध्यबाट तथ्यपूर्ण इतिहासको सिर्जना गर्ने परम्पराको सुरुवात गरेको थिए । उनी सानै उमेरदेखि दृढ इच्छाशक्ति भएका व्यक्ति थिए । जुन शक्तिलाई ठाउँ, काल, परिस्थिति विशेषमा प्रयोगमा पनि ल्याउथेँ । उनी निरन्तर रुपमा एउटा लक्ष्य लिएर हिड्थेँ । सोही लक्ष्य पुरा गर्ने क्रममा उनी नेपाल खाल्डो हेर्ने मनसायका साथ दुइटा ज्योतिषी र छ थरका पुराना मानिस लिएर चन्द्रागिरीतर्फ लागे ।
उनले नेपालखाल्डो देखाउ भनेर साथमा रहेका मानिसलाई भने । उनीहरुले पनि सोझै पूर्वको भादगाँउ, भादगाउँभन्दा वर बिचमा पाटन र अलि उत्तरतिर काठमाडौं हो भनेर देखाए । यी तिन सहर मेरा भएका भए म धेरै काम गर्दथे भन्ने सोच उनले बनाए । यही सोच नै नेपाल एकिकरण गर्ने पहिलो लक्ष्य बन्न पुग्यो । यही लक्ष्यले नै उनलाई भावी दिनमा अभियानको खाका बनाउन सहयोग पु¥यायो । जुन खाकाको पृष्ठभूमिमा उनको ससुराली परिवारसँग भएको तीत्तता पनि जोडिन पुग्यो । हेमकर्ण सिंहकी छोरीसँगको विवाह र त्यो विवाह उठेका समस्याको तीतो अनुभवमा जेठान युवराज दिग्वन्धन सेनलाई उनले हाँक दिएका थिए, त्यो हाँक ‘पछि लडने छौ, लडाईँदेखि नहटे’ भन्ने थियो । यस हाँकबाट दिग्बन्धन सेन रिसाएको कारणबाट सत्रुता पनि बढन गएको हुनाले भोलि लडाई भई हालेमा सेनसँगै मल्ल राजाहरुको राज्य (मकवानपुर, भादगाँउ, पाटन र काठमाडौं) समेत जित्न के गर्नु पर्दछ भन्ने कुरामा उनी लागि परे ।
आफ्ना भाइ भारदार विशेषगरी सीमा रक्षकहरुका सााथै पाल्पाली सेन राजाका छोरा उद्योत सेन जो उनका साक्खै मामा पनि थिए । उनीसँग समेत सल्लाह लिएका थिए । जसअनुरुप उद्योत सेनले भनेका थिए । नेपाल खाल्डोलाई सबैतिरबाट पहाडले घेरेको छ । त्यसको क्षेत्रभित्र पुग्न त कुरुक्षेत्रका जस्तै ठूलो लडाइँ गर्नुपर्छ । फेरी गोरखा नेपालखाल्डोलाई ताक्दै गरेको अवस्थामा उता लमजुङले पनि गोर्खालाई ताकीरहेको हुनसक्छ । यस अवस्थामा लमजुङको आँखा छल्न सक्नुपर्छ भन्ने सल्लाह मामाबाट पाए । यसबाट लडाइँ जित्न छल, बल कपट र कुटनैतिक चाल पनि महत्त्वपूर्ण रहेको कुरा उनले बुझैँ । यसैका आधारमा लमजुङले कास्कीमाथि आक्रमण गर्दा गोर्खा सहयोगी बन्ने र नुवाकोट माथिको गोर्खाको आक्रमणमा लमजुङले मद्दत गर्ने कुरामा सहमत गराएपछि उनी एकिकरण अभियानका लागि आवश्यक पर्ने युद्धको तयारी गर्न थाले । यही सहमति पश्चात नुवाकोटबाट सुरुवात भएको युद्धले अन्ततः नेपालखाल्डोमा पृथ्वीनरायाण शाहले इच्छानुसार राज्य प्राप्तीका कार्य सम्पन्न गरेरै छाडे ।
विश्वका इतिहास अध्ययन गर्दा विशेषगरी जर्मनी र इटलीको एकिकरणमा महत्त्वपूर्ण स्थान लिन सफल भएका व्यक्तिहरुमा विस्मार्क, कैबुर, मेजिनी र गेरीवल्डी छन् । इटलीको एकिरणमा मेजिनी, केबुर गेरीवल्डीको योगदान रहेको थियो । जर्मनीको एकिकरणमा विस्मार्कको योगदान रहयो । विस्मार्क १९ औं शताब्दीका महान व्यक्तित्वका धनी र प्रतिभाशाली राजनीतिज्ञ थिए । उनी आप्mना समयका सबभन्दा शक्तिशाली र श्रेष्ठ व्यक्ति थिए । उनले सन् १८६४–७१ बिचको छोटो अवधिमा शताब्दीयाँैदेखि टुक्रेर रहेको जर्मनीलाई एकिकरण गरेर एउटा सुदृढ साम्राज्यको रुप प्रदान गरे । प्रशाको भक्ति उनको आदर्श रहयो ।
विस्मार्कले तत्कालीन युरोपको मतभेदलाई राम्ररी बुझेका थिए । विस्मार्क समयलाई हेरेर अगाडि बडद्थे । उनीभन्दा पहिलेका एकिकरणका प्रयासहरु विफल भए तर विस्मार्कले कल, बल, छल र कुटनीतिको प्रयासबाट नै जर्मनीको एकिकरणलाई सम्भव बनाए । त्यो भन्दा अघि नै अर्थात सन १७६८ देखि १७७४ सम्म जम्मा ७ वर्षको बिचमा नेपालको एकिकरण पृथ्वीनारायण शाहले गरेका थिए । एककिकरणका लागि उनले पनि विस्मार्कको जस्तै लडाइँ जित्न छल, बल कपट र कुटनैतिक चाल नै चालेका थिए । विस्मार्कले युरोपियन मुलकका शक्तिशाली देशलाई कहिले आफ्नो नजिक ल्याएर सहयोगीका रुपमा सत्रुमाथि उपयोग गर्दथे । कहिले सत्रु राष्ट्रलाई साथमा लिएर हिजो सहयोग गर्ने राज्यमाथि आक्रमण गर्दथे । यसप्रकारको नीति विस्मार्कको थियो । त्यही नीति पृथ्वीनारायणले करीब १०० वर्ष अघि नै लिएका थिए । विस्मार्कले पर्शाबाट जर्मनी एकिकरणको सपना देखे जस्तै पृथ्वीनारायण्ले पनि गार्खाबाट नेपाल एकिकरणको सपना देखेका थिए । उनको सिद्धान्त नै थियो । पश्चिमी शक्तिलाई साथमा लिएर पूर्वको किल्ला बलियो बनाउने अनि पूर्वी शक्तिलाई साथमा लिएर पश्चिमको किल्ला माथि आक्रमण गर्ने । उदाहरणका लागि लमजुङले कास्कीमाथि आक्रमण गर्दा गोर्खा सहयोगी बन्ने र नुवाकोट माथिको गोर्खाको आक्रमणमा लमजुङले मद्दत गर्ने कुरामा सहमत गराएपछि नुवाकोटमाथि आक्रमण गरेर एकिकरणको सुरुवात गरे । यसपछिका अनेकौ युद्धमा पृथ्वीनारायण शाहले कल, बल छल र कुटनीतिको उपयोग गरेका थिए । उनी नेपालखाल्डोलाई घेर्नका लागि दिनरात राजनीतिको दाउपेच खेल्दथे । पूर्वतिर हमला गर्नु अघि पििश्चम तर्पmको किल्लामा सीमारक्षक बस्न योग्य मानिस छनोट गरेर राख्तथे । उनी लडाइमा जानु अघि साइत हेर्ने र ज्योतिषी, गुरु पुरोहितले दिएको सल्लाहाअनुरुप देवीदेवता वा भगवतीको पूजाआजाका लागि मन्दिरको ढोकामा आफै नै बसेर ध्यान जप गर्दथे । जसले गर्दा एकातिर उनीले स्थानीय मानिसको मन जित्न सफल हुन्थे । अर्कातिर शक्ति सञ्चय पनि गर्दथे । युद्ध जितेका ठाउँमा बलियो किल्ला पनि बनाउँदै जान्थे ।
यसैगरी इटलीको एकिकरणमा केबुरको महत्त्वपूर्ण योगदान थियो । केटल्वीकीको भनाइअुसार इटलीका मेजिनी एक अव्यवहारिक आदर्शवादी थिए भने गेरीवल्डी महान योद्धा थिए । यथार्थमा केवुरद्वारा नै इटलीको एकिकरण सम्भव भयो । यो कार्य केबुरका महान मस्तिष्कको परिणाम भएको थियो । जसले मेजिनीको प्रेरणालाई कुटनैतिक शक्ति र गेरीवल्डीको तरवारलाई राष्ट्रिय शस्त्रका रुपमा उपयोग गरेर इटलीको एकिकरण गरेका थिए । ठीक यही रुपमा पृथ्वी नारायणले त्यो भन्दा अघि नै आप्mना मामा पाल्पाली सेन राजाका छोरा उद्योत सेनबाट नेपालखाल्डो भनेको भ्यागुतो हो । लमजुङ भनेको गरुड हो । गोर्खा भनेको सर्प हो । अतः भ्यागुतोलाई जित्नका लागि गरुडको आँखा छल्न सक्नुपर्छ भन्ने सल्लाह उद्योत मामाले दिए । सोही अनुरुप पृथ्वी नारायण शाहले लमजुङको आँखा छल्दै नुवाकोटमाथि आक्रमण गरी उपत्यका प्रवेश गर्ने मार्ग बलियो बनाएका थिए । पछि गएर नेपालखाल्डोमा आक्रमण गर्न सहज भयो । मामाले भने जस्तै नेपाल खाल्डोलाई जित्नका लागि कुरुक्षेत्रको समान युद्ध लडनु प¥यो । ठूलै मानवीय क्षति पनि बेहोरे । तर पनि युद्ध जितेरै छाडे । केबुरले मेजिनी र गेरीवल्डीको सहयोग लिए जस्तै पृथ्वीनारयणले पनि छ थरका पाँडे, पन्थ, अज्र्याल, खनाल राना र बोहरा जस्ता गोर्खाली राजाका पुस्तौनी भारदारहरुलाई साथ लिएर एकिकरण गरेका थिए । तर पनि हामीले पृथ्वी नारायण शाहलाई विश्वका इतिहासमा स्थान दिलाउन त सकेनौ नै अझ आफ्नै राज्यको इतिहासमा जहाँ उनको नेतृत्वमा नेपालको अस्तित्व कायम भएको थियो । त्यहाँ पनि हामीले उचित स्थान दिन सकेनौ ।
उनको विदेश नीतिका केही अंशलाई पनि हेरौ । उनले भाइभारदार, गुरु, पुरोहित र छ थरलाई समेत राखेर उपददेश दिने क्रममा भनेका थिए, ‘‘हामीलाई पछिल्तिरबाट छल गरेर, अँचेटी लखेट्न तम्सेका सत्रुलाई जुक्ति र बलले यसरी मैले छल्दै हटाएँ । त्यसपछि पूर्वतिरको बाटो खुलाएर नेपालखाल्डोलाई घेर्ने बलियो किल्लाहरु बनाउँदै गएँ । त्यही कारणले कान्तिपुर, पाटन, भादगाँउका तीन राजा जयप्रकाश मल्ल, तेजनरसिंह मल्ल रणजित् मल्ल खतम भए ।’’
यसैगरी नेपाल एकिकरण पश्चात पनि कस्तो विदेश नीति कायम गर्ने भन्ने सन्दर्भमा उनले भनेका छन्, ‘‘हाम्रो देश नेपाल ठूला ठूला दुइ देशको बिचमा परेको छ । हाम्रो उत्तरपट्टी चीन देश छ । दक्षिणपट्टी भारत छ । दुवै राज्य नेपालका काममा खूप आँखा लाउँछन् । चीनको वाद्शाहसँग मित्रता बाँध्दा आप्mनो उत्तरी सिमानाबाट नेपालीहरुलाई डर हुँदैन ।’’ यसै गरी उनी अगाडि भन्दछन्, ‘‘हाम्रो भारतसँग धेरै थरी सम्बन्ध हुनाले हामीले अङ्ग्रेजसँग अशल सम्बन्ध राख्नुपर्छ । तर अङग्रेजहरु छट्टू छन् । हामीले सदा चलाक भई बस्नुपर्छ । बलिया किल्ला बनाएर आफू अजेय (जित्न नसकिने) हुन चाहने अङ्ग्रेजहरुलाई असल पहाडी किल्ला छ भनेर नेपालखाल्डोलाई आप्mनो किल्ला बनाउन मन लाग्ला । यो कुरा नबुझ्दा मल्लहरुको राज्य अडेन ।’’ उनी भन्दछन्, ‘हामीले हिमालयका राज्यहरुलाई एउटै राज्य बनाउनुपर्छ । भारत र चीनका साम्राज्य आप्mना सीमाना अगाडि बढाउँदै नेपाललाई च्याप्न खोज्छन् । ती साम्राज्यलाई हामीले च्याप्न दिनुहुँदैन’ । उनको यो दुर्दर्शिता आजका दिनमा पनि त्यति कै सान्दर्भिक छ, जति आजभन्दा २५०–२६० वर्ष अघि थियो ।
पृथ्वीनारण शाह प्रजातान्त्रिक बिचारका व्यक्ति पनि थिए । यस कुराको पुष्टी गर्नका लागि तत्कालीन समयमा विराज बखेतीलाई मन्त्रि बनाउने भित्रि मनसाय हुँदाहँदै पनि दुनियाले कालु पाँडेलाई चाहन्छन वा चाहदैनन् भनेर पश्चिमी राजा (बाइसी र चौवीसी) साथै आप्mना प्रजाको समेत मन बुझ्दा सबैबाट कालु पाँडेको लक्षण अशल छ भन्ने भएपछि विराज बखेतीलाई छोडेर कालु पाँडेलाई मन्त्रि बनाएँ । यसबाट उनी जनताको भावना बुझेर मात्र कार्य गर्दथे भन्न सकिन्छ ।
आज नेपालको अवस्था राजनैतिक दृष्टिकोणबाट हेर्दा ठूलै उपलब्धि प्राप्त भएको देखिन्छ । तापनि अन्य जुन क्षेत्रमा द्रुतगतिले प्रगति गर्नु पर्ने थियो ती क्षेत्रमा खासै प्रगति हुन सकेको छैन । विशेष गरी आज मुलुकलाई आर्थिक कोणबाट हेर्दा हामी धेरै नै पछि परेका छौ । भ्रष्टाचारको दलदलमा फसेका छौ । हाम्रो आर्थिक बृद्धि दर ३.८७ प्रतिशत छ । प्रति व्यक्ति आय १४६ अमेरीकी डलर मात्र छ । कुल ग्राहस्थ उत्पादन कृषि क्षेत्रमा २४.०९ प्रतिशत छ भने उद्योगका क्षेत्रमा १३ प्रतिशत मात्र छ । कृषिमा संलग्न परिवार ६२ प्रतिशत भएको अवस्थामा यो हालत छ भने उद्योगधन्धाका क्षेत्रमा के होला यसको सहजै अनुमान गर्न सकिन्छ । भ्रष्टाचारजन्य मुलुकका रुपमा गणना भएको हाम्रो देश सन २०२४ मा अन्तराष्ट्रिय स्तरमा १०८ औं स्थानमा छ । यस अवस्थामा एकचोटी पृथ्वीनारायण शाहको भनाइलाई हेरौ, ‘‘घुस खाने र खुवाउने मानिसहरु अन्याय गर्छन् । त्यस्ता मानिसलाई ठूलो सजाय नगरे अन्याय झन बड्छ । यसो भएपछि दुनियाँ भाँडिन्छन् । त्यसकारण राजाले घुस खाने र खुवाउने मानिसलाई सजाय गर्नैपर्छ । यसो ग¥यो भने दुनीयँ खुशी रहन्छन् ।’’ वास्तव मै आज मुलुकमा भाँडभैलो भइरहेको अवस्था छ । यसको जड भनेको भ्रष्टाचार हो । आर्थिक क्षेत्रमा प्रगति गर्न लगानी गर्नुपर्छ ।
नेपालसँग लगानी गर्ने क्षमता छैन होला । तर भ्रष्टाचार निर्मूल गर्न धेरै अर्थिक लगानी गर्नुपर्दैन । मात्र इच्छा शक्ति भए पुग्छ । पृथ्वी नारयाण शाहको तस्वीरमा एउटा माला चढाउन समेत कञ्जुस्याइँ गर्ने पक्षले उनका आदर्शपूर्ण र याथार्थपरक भनाइले के नै अर्थ राख्लान र । तैपनि उनको आर्थिक नीति, विदेश नीति, राष्ट्रको रक्षा गर्ने नीति, राजनीति नै पनि भनौ, उनले जसरी दुनीयाँको भावना बुझेर जुन काम गरेका छन् । त्यो कार्य गणतन्त्रको हिस्सेदार दलहरुले कतिको उपभोग गरेका छन् । ती विष्यवस्तु जगजाहेरै छन् । तैपनि आशा गरौ उनका सागर्भित, सान्दर्भिक र दुरदर्शी पूर्ण भनाइले हामी सबैलाई सद्मार्गमा हिडाउन भने प्रेरित गरुन् ।