नेपालको इतिहासमा एउटा सानो राज्य गोरखाले २० वर्षीय साहसी युवराज पायो । जसको अदम्य साहस र दृढविश्वासले विशाल नेपाल निर्माण हुन सक्यो । तिनै राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०३औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज हामी मनाउँदैछौं । ई.पु.३५६ तिर पनि सानो मुलुक मेसोडोनियाले साहासी अलेक्जेण्डर महान पाएकै कारण विशाल आकार निर्माण गर्ने अवसर पाएको थियो । युद्धमा हार्ननजानेका अलेक्जेण्डरलाई माता ओलम्पियाले ईश्वरपुत्र मान्दथिन् । यता ‘घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्’ जस्ता भनाइका धनी पृथ्वीनारायण शाहमा पनि साहसका अनेकौं उपमाहरु छन् ।
बाइसी, चौबिसी लगायत सेनवंशीय राज्यहरु बाहेकै उपत्यकाभित्र तीन शक्तिशाली राज्यहरु थिए । बरु, उनको गोरखा चाहिँ सानो र कमजोर हो, तापनि उनको एकीकरण अभियान थालनीको अठोट र अदम्य साहसका अगाडि सानो हुन पाएन । उनले चाहेको भए विजित देशको नाम नेपाल नराखेर मल्लकालीन राजा यक्ष मल्लले भैंm भाइ–छोराहरुमा बाँडचुँड गरी आनन्दसँग रहन सक्थे तर, उनको स्वभाव र आचरणमा स्वार्थ कहिल्यै कतै देखिंएन । विद्धान ज्योतिषी कुलानन्द जैसी (ढकाल) युद्धसाइत दिने महान ज्योतिषी मात्र थिएनन्, हौसला र आत्मबल जगाउने विश्वासिला पुरुषार्थी व्यक्ति पनि थिए । गोरखाली जनताको राजाप्रतिको विश्वास, श्रद्धा र निःस्वार्थ सहयोगकै कारण विदेश (बनारस)बाट योजनाबद्ध र गोपनीयतापूर्वक हातहतियारहरु ल्याई, सबै बन्दोबस्त सकेर उपत्यका वरिपरिका नुवाकोट, मकवानपुर, कीर्तिपुर लगायतका मुलुकहरुसँगै उपत्यका बिजय गर्नसके ।
वि.सं. १४८५–१५३८ सम्मको आफ्नो ५३ वर्षको शासनकालमा ‘नरपतिजयचर्या टीका’ नामको ग्रन्थमा उल्लेख भए अनुसार यक्ष मल्लले मिथिला, मगध र गया बिजय गरेको र कर्कपेट्रिकका अनुसार उत्तरमा शिकारजोङसम्म राज्य पैmलाएका थिए भनिएको छ । नेपालको दक्षिण–पूर्वी भेगमा नान्यदेवले खडा गरेको सिम्रौनगढ राज्यमा वर्तमान भारतका केही भाग पर्दथे । त्यस्तै पश्चिमी भेगमा नागराजले खडागरेको शक्तिशाली सिञ्जा राज्यमा पनि कुनै बेला वर्तमान चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर प्रदेश र वर्तमान भारतको उत्तराञ्चल राज्य अन्तर्गतका कुमाउँ–गढवाललाई आफ्नो सरहदभित्र पारेका थिए । तर, कालान्तरमा यी राज्य क्रमशः टुक्रिँदै गए ।
विक्रम सम्वतको १८औं शताब्दीमा आईपुग्दा यस भेगमा ५२ वटाभन्दा धेरै साना–साना राज्यहरु भए । जसअन्तर्गत बाइसे चौबिसे, कान्तिपुर, भक्तपुर, पाटन, मकवानपुर, चौदण्डी, विजयपुर (सेनराज्य) आदि पर्दथे । जसलाई पृथ्वीनारायण शाहले विशाल स्वरुप दिए । नेपालको इतिहासका शीर्षस्थ पुरुष पृथ्वीनारायण शाहले वि.सं.१८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरेपछि पनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्रलक्ष्मी, छोरा बहादुर शाह लगायतले अगाडि बढाइरहे ।
अंग्रेजहरुको साम्राज्यवादी नीतिबाट जोगिन नवाव मीरकासिमले उत्तर सुरक्षित स्थल मानेर भगौडा मकवानपुरे राजा दिग्बन्धनसेनको अनुरोध अनुसार २० जनवरी १७६३ जनवरीमा गुरगिनखाँको नेतृत्वमा तीन हजारको फौज पठायो । साँझपख उकालो चढ्दै गर्दा फत्रक्क गलेको अवस्थामा अचानक गोरखाली फौजको चारैतिरबाट भएको ढुङ्गामुढाको आक्रमणले मुसलमानी फौजको भागाभाग भयो, १७०० जति मारिए, दुईवटा तोप, पाँचसय बन्दुक र सानाठूला हतियारहरुले गोरखालीको एकीकरण अभियानलाई सहयोग पु¥यायो ।
गोरखालीहरुले वरिपरि गरेको बिजयबाट तर्सिएर कान्तिपुरका राजा जयप्रकाश मल्लले अंग्रेजसँग गरेको सहयोग याचना अनुसार टिप्राको लडाइँका बिजयी वीरयोद्धा कप्तान किनलकको नेतृत्वमा २४०० हिन्दुस्तानी र अंग्रेज अफिसर सहितको फौज पठायो । फौज सिन्धुलीगढीमा आईपुगेको खबर पाएपछि पृथ्वीनारायण शाहले वीरभद्र उपाध्याय र शिकारी बंशु गुरुङको नेतृत्वमा पाँच सय जतिको गोरखाली फौज सिन्धुलीतर्पm पठाए । बाटोमा गोर्खाली सेना नदेखेर हामीसँग भिड्न गोरखालीहरु डराए, भन्दै अंग्रेज फौज सिन्धुलीगढीको पौवागढीमा पसिना पुछ्दै उकालो चढ्दै थिए, गोरखालीको सिस्नो र अरिङ्गालो गोलोको अप्रत्याशित आक्रमणबाट अत्तालिएर भाग्दा १६ सय जति अंग्रेज फौज मरे, अरु भागे । जसमा गोरखाली फौजले तीन सय बन्दुक हात पारे । यो बिजयले गोरखालीहरुको मनोबल अझ बढ्यो ।
त्यसपछि मध्यरातमा आनन्दसँग इन्द्रजात्रा पर्व मनाइरहेका कान्तिपुरेलाई गोर्खाली फौजले तीनतिरबाट आक्रमण ग¥यो । नरदेवीतर्पmको फौजको नेतृत्व पृथ्वीनारायण शाह आपैmंले गरेका थिए । युद्धमा जयप्रकाश मल्ललाई भाग्ने मौका दिन दक्षिणतर्पmको ढोकामा फौज राखिएन । सामान्य झडपमै तीन सय जति नगरकोटे फौज लिएर जयप्रकाश मल्ल त्यहीबाट भागेर पाटन पुगे । यसरी वि.स. १८२५ कार्तिक १३ गते आइतबार इन्द्रजात्राको राति दरबार घेरेको चार घण्टामै पृथ्वीनारायण शाह हनुमान ढोकाको न्हुछे दरबार अगाडिको डबलीमा राखिएको कान्तिपुरको राजसिंहासनमा बसेर इन्द्रजात्रासहित मानि आएका सबै रीतिथीति चाडपर्व सञ्चालनमा निरन्तरता दिएका कारण कान्तिपुरबासीहरु सन्तुष्ट भई भरपुर सहयोग गरे ।
यता पाटनको राजनीति अत्यन्त दुषित भएकाले असुरक्षित हुन सकिने खतरालाई मनन गरी दुबै राजाहरु त्यहाँबाट भक्तपुरको शरणमा पुग्दा बिना रक्तपात ११ दिनपछि वा आश्विन २४ गते पाटनको दरवार पनि पृथ्वीनारायण शाहको कब्जामा आयो । भक्तपुरे राजा रणजित मल्ल पृथ्वीनारायण शाहका मीतबुवा भएकाले दुबै राजालाई फिर्ता पठाइदिन केही समय अनुरोध गर्दैरहे, तर उनीहरु युद्ध तयारीमा जुटेको बुझेपछि पाटन बिजयको झण्डै एक वर्षपछि शूरप्रताप शाह, वंशराज पाँडे र केहरसिंह बस्नेतको नेतृत्वमा १५ सय गोर्खाली फौजले भक्तपुर आक्रमण ग¥यो ।
तीन दिनकै युद्धमा, घरको छानामा चढेर चलाएको गोली, दरबारको चौकोट भवनतिर उक्लिँदै गरेका जयप्रकाश मल्लको दाहिने खुट्टाको गोलीगाँठामा लाग्नाले भ¥याङबाट झर्न पुगे, तत्काल रणजित मल्ल र तेजनरसिंह मल्लले तानेर यिनलाई चोटामा पु¥याए तर त्यतिखेरसम्ममा भक्तपुरका अनेकौं घरहरु जलेर धेरै क्षति भइसकेको र युद्ध जित्ने सम्भावना नरहेकाले आहत भएका रणजीत मल्लले दरवारको झ्यालबाट आफ्नो पगरी देखाएर आत्मसमर्पण प्रष्ट्याए । यसरी कान्तिपुर, ललितपुर र भक्तपुरसहित तीनै राज्यको बिजयले उपत्यका एकसूत्रमा बाँधियो, एक देशबाट अर्काे देशमा जान नपाएका नियन्त्रित र बन्धनमा रहेका जनता खुल्लमखुल्ला सबैतिर आवतजावत गर्न पाउँदा खुशीयालीको सीमा रहेन भने शाहकालको एकीकरण अभियानमा नेपालको पहिलो र महत्वपूर्ण बिजय सम्पन्न भयोे ।
मुलुकको बिकास र निर्माणमा एकै जनाको अग्रता र सत्प्रयासले व्यापक परिवर्तन आउन सक्छ, जर्जवासिंग्टनको प्रयासले अमेरिका निर्माण भयो । नेपोलियन बोनापार्टको अदम्य साहासले फ्रान्स, नेल्सन मण्डेलाको अथक प्रयासले दक्षिण अफ्रिका विश्व व्यापारको गन्तव्य बन्यो । विष्मार्कले जर्मनलाई, गैरीवाल्डीले इटली र लिक्वानयुको २० बर्षकै प्रयासले सिंगापुर सम्पन्न भयो, महानदृष्टि भएका व्यक्तीले मुलुक बनाउँछन् । तर, स्वार्थी मनोवृत्तिकाहरुलाई जति पटक निर्वाचन जिताए पनि जनता रुवाइरहन्छन् ।
जागिर, लोकसेवा पास गरेर खाने हो, राजनीति जागिर होइन, सेवा हो । यसैले अब बलिया, छट्टु र धुर्तलाई होइन, स्नातकोत्तर गरेका, समाजसेवामा तल्लीनहरु मध्येबाट राजनीति संचालन गराउनुपर्छ । नेपालका विद्यमान सबै दलहरुले आन्तरिक संगठन निर्माण र चुनाव लड्ने टिकट वितरणका मापदण्ड अनिवार्य रुपमा तयार गर्नुपर्छ । स्नातकोत्तर तह उत्तिर्ण गरेकाले मात्र सांसद हुन पाउने बाध्यकारी व्यवस्था अवलम्बन गर्नुपर्छ, आ–आफ्नो दलको विधानमा उक्त व्यवस्था राख्नुपर्छ । यो नै नेपाल एकीकरणका श्रद्धेय व्यक्तित्व, राष्ट्रिय एकताका प्रतिक, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पौष २७ गतेको जन्मजयन्तिका अवसरमा उहाँप्रति सच्चा श्रद्धाञ्जली अर्पण हुनेछ ।