कोशी प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान, लागूऔषध मुद्दाका फरार ३ जना पक्राउ

0
25

योगेन्द्र योगी
विराटनगर,

लागूऔषध मुद्दाका फरार ३ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर पीआईटी शाखाबाट खटिएको प्रहरी टोलीले लागूऔषध मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ गरेको हो।

फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत खटिएको प्रहरी टोलीले लागूऔषध मुद्दामा अदालतले १० महिना २० दिन कैद तोकिई फरार रहेका इटहरी-४ का ४१ बर्षीय उत्तम कुमार तामाङ,७ महिना कैद र ३ हजार जरिबाना तोकिई फरार रहेका इटहरी-७ का ४७ बर्षीय दिपक विक्रम साह र १ महिना १३ दिन कैद तोकिई फरार रहेका सुन्दरहरैचा नगरपालिका-१० का २७ बर्षीय सुमन कोइरालालाई पक्राउ गरेको कोशी प्रदेश प्रहरी प्रवक्ता भीम बहादुर दाहालले जानकारी दिए।

लुकीछिपी बसेको स्थानबाट पक्राउ गरी कैद भुक्तानको लागि कारागार पठाईसकिएको प्रवक्ता दाहालले बताए। प्रदेश प्रहरीले फरार प्रतिवादी पक्राउ गर्ने अभियान नै चलाएको छ। यसैगरी,लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले चेकजाँचको क्रममा ट्रामाडोल, स्पासपेन, निट्राजेपाम सहित ८०८ वटा ट्यव्लेट सहित इटहरी-१४ का २९ बर्षीय रूपेश नारायण चौधरी, इटहरी-८ का २२ बर्षीय बिसाल रसाईली, २० बर्षीय सबिन बिश्वकर्मा, इटहरी-१ का २० बर्षीय सेभिज भण्डारी समेतलाई पक्राउ गरेको हो।

यस्तै,इलाका प्रहरी पकलीबाट खटिएको प्रहरी टोलीले रामधुनी-६ का २० बर्षीय हेमन बिश्वकर्मालाई ट्रामानिल ६०० क्याप्सुल सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान-२० स्थितबाट  को.४४ प ३७५४ नम्वरको मोटरसाईकलमा २० किलोग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here