कनकाई माईमेला उद्घाटन

0
14

सुरुङ्गा ।

झापाको कनकाई नगरपालिका- ४ स्थित कोटीहोम परिसरमा बर्षौंदेखि लाग्दै आइरहेको पवित्र धार्मिक तथा मनोरञ्जनात्मक मकर मेला सुरु भएको छ ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले रिबन काटेर धार्मिक तथा सांस्कृतिक मकर मेलाको उदघाटन गरे । मेला उदघाटनपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै नगरप्रमुख पोखरेल तथा उपप्रमुख आशा शर्मा शिवाकोटीले मेलालाई देशकै नमुना बनाउन मेला आयोजक समितिलाई आग्रह गरे ।

मेला आयोजक समितिका अध्यक्ष किरण मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा आयोजक समितिका सचिव सरोज पोखरेलले यस पटक मेलालाई थप व्यवस्थित बनाउन तयारी गरिएको बताए ।

मेला आगामी माघ ३ गतेसम्म लाग्ने र मेलामा राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति रहने तथा विभिन्न खेल तमासा नेपालकै ठुलो पिङ तथा सर्कस खाद्य परिकार, लत्ता कपडाहरुको स्टल रहने समेत मेला आयोजक समितिका सूचना तथा सञ्चार संयोजक रामप्रसाद निरौलाले जानकारी दिए ।

कनकाई नगरपालिकाका जनप्रतिनिधिहरू भीष्मभूषण सिटौला, युवराज चम्लागाईँ, रोशन सुवेदी, सुलभ भण्डारी, अनिल गोयल, कृष्णमाया भुजेल, नेपाल भारत मैत्री सङ्घका कविता बस्नेत, कनकाई वन समूहका उपाध्यक्ष ललित कार्की, कनकाई खेलकुद समितिका अध्यक्ष छबि थपलिया, कनकाई घाट समितिका वरिष्ठ उपाध्यक्ष खेमनाथ मिश्र, एमाले नेता गोकर्ण ओझा, इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख किरण मोक्तान लगायतको आतिथ्य रहेको कार्यक्रम सुरुङ्गा प्रेस क्लबका सहसचिव अनुप भण्डारीले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here