अर्जुनधारा जेसीज शनिश्चरेको अध्यक्षमा थापा

0
45

अर्जुनधारा ।

अर्जुनधारा जेसीज शनिश्चरे वर्ष २०२५ को अध्यक्षमा वेदनारायण गोदार थापा चयन भएका छन् ।

जेसीजको १३औं वार्षिक साधारण सभा एवम् १२औं शाखा अधिवेशनबाट यस अघि कार्यकारिणी उपाध्यक्ष रहेका थापा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

त्यसैगरी कार्यकारिणी उपाध्यक्षद्वयमा जेसी टंक दाहाल र जेसी सागर घिमिरे, चार जना उपाध्यक्षमा जेसी अर्जुन बस्नेत, जेसी अमित कटुवाल, जेसी रमेश विष्ट र जेसी रञ्जिता दुलाल, महासचिवमा जेसी बिमला भट्टराई, कोषाध्यक्षमा जेसी गौरव भण्डारी र कानूनी सल्लाहकारमा जेसी भीम बराल चयन भएका छन् ।

त्यस्तै समितिको बाँकी पदहरुमा बैठकबाट मनोनित हुने अर्जुनधारा जेसीज वर्ष २०१५का अध्यक्ष दिपीन राईले जानकारी दिए । अर्जुनधारा–७ स्थित अर्जुनधारा जेसीज शनिश्चरे सचिवालयको सभाहलमा जेसीजका अध्यक्ष वसन्त बुढाथोकीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष गोविन्द खतिवडाले उद्घाटन गरेका थिए ।

कार्यक्रममा नेपाल जेसीज वर्ष २०२४का कार्यकारिणी उपाध्यक्ष भीमबहादुर कुँवर, अर्जुनधारा जेसीज वर्ष २०१५का अध्यक्ष राई, संस्थापक महासचिव कुमार भट्टराई, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश समदर्शीलगायतले मन्तव्य राखेका थिए ।

जेसीजका कार्यकारिण उपाध्यक्ष एवम् कार्यक्रम संयोजक वेदनारायण थापाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव गौरव भण्डारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here