जनसम्पर्क उपाध्यक्ष भट्टराईद्वारा व्यवसायी राहत कोषमा २१ हजार एक सय ११ रुपैयाँ प्रदान

0
25

झापा, बिर्तामोड उद्योग वाणिज्य संघकी जनसम्पर्क उपाध्यक्ष हुन् गोमा भट्टराई । सफल महिला उद्यमीका रुपमा परिचित भट्टराईले आप्mनो जन्म दिन बिर्तामोड उद्योग वाणिज्य संघमा मनाएकी छिन् । आफैंले स्थापना गरेको व्यवसायी राहत कोषमा २१ हजार रुपैयाँ जम्मा गर्दै भट्टराईले जन्म दिन संघको कार्यालयमा मनाएकी हुन् ।

उनले संघका अध्यक्ष राजु न्यौपानेलाई २१ हजार एक सय ११ रुपैयाँ बरावरको चेक प्रदान गरिन् । यो संगै भट्टराईलाई संघले कदरपत्र द्वारा सम्मान गरेको छ । व्यवसायी राहत कोष वृद्धिमा सहयोग पु¥याएको भन्दै उनलाई कदरपत्रद्वारा सम्मान गरिएको हो ।

प्रगति पुस्तक भण्डार बिर्तामोडकी सञ्चालक उनी महिला उद्यमी संघ झापाकी संस्थापक हुन् भने  तारा नमस्ते बाल ग्रामकी कोषाध्यक्ष एवम् सहारा नेपाल साकोस अन्तरगत रहेको कृषि तथा वातावरण उपसमिति सदस्य हुन् ।
उनी जनसम्पर्क उपाध्यक्ष रहेको राजु न्यौपाने नेतृत्वको बिर्तामोड उद्योग वाािण्ज्य संघले आफनै कार्यकालमा एक करोड रुपैयाँ बरावरको अक्षयकोष स्थापना गर्ने लक्ष्य सहित काम गरिरहेको छ । जुन कोषमा गोमाले समेत आफ्नो जन्म दिनको अवसरमा रकम प्रदान गर्दै कोष वृद्धिमा सहयोग पु¥याएकी हुन् ।


त्योसो त बिर्तामोडका हरेक व्यवसायीले अहिले जन्म दिन सहितका विभिन्न अवसरमा गरिने फजुल खर्चलाई घटाउँदै कोष वृद्धिका लागि रकम प्रदान गर्दै आएका छन् । पछिल्लो समय एनवी इन्टरनेशनलका सञ्चालक भरत चौधरीले समेत २१ हजार रुपैयाँ कोषमा रकम थप गरेका थिए । उनले पनि आफ्नो जन्म दिनमा व्यवसायी राहत कोषमा रकम प्रदान गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here