महाभारतकालीन इतिहाससँग जोडिएको अर्जुनधारा नगरपालिका– १ स्थित साधुटारमा आगामी माघ १ गतेबाट ११ गतेसम्म सञ्चालन हुन लागेको सर्वकल्याण अभिषेकात्मक अतिरुद्रमहायागका विषयमा शंकराचार्य पीठ साधुटार वेदवेदाङ्ग संस्कृत पाठशाला सिद्धेश्वरी कामदा गौशालाका अध्यक्ष एवम् व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडासँग पूर्वाञ्चल दैनिकका सहसम्पादक सुरेन्द्र भण्डारीले गर्नुभएको कुराकानीको सम्पादित अंश –
शंकराचार्यपीठ साधुटार वेदवेदा· संस्कृत पाठशाला सिद्धेश्वरी कामदा गौशालामा आयोजना गरिएको अतिरुद्रमहायागको तयारी कहा“ पुग्यो ?
– साधुटारमा अतिरुद्रमहायाग हुन हाम्रो सौभाग्य हो । यो गाउँको, नगरको, जिल्लाको मात्र नभई कोशी प्रदेश मै पहिलो पटक आयोजना गरिएको ठूलो र बृहत महायाग हो । राष्ट्रको गौरव बढाउने यज्ञ भएकाले यसलाई सफल बनाउन बृहत तयारी हुँदैछ । यज्ञ गर्नुको उद्देश्य भनेको सर्वकल्याण हो । उपनिषद्ले पनि भनेको छ– ‘यग्योपितसे जनताये’ । यज्ञ हुन्छ जनताको हितमा । यज्ञले कुनै व्यक्ति विशेषको स्वार्थपूर्ति होइन, यज्ञले सर्वकल्याण गर्छ । तसर्थ यज्ञ नै भगवानको स्वरुप हो ।
शंकराचार्यपीठ साधुटारमा पनि भगवानको स्वरुप प्रकट भएको छ । सोही कारण हामी अतिरुद्रमहायागको आयोजना गर्न सफल भएका छौं । यो यज्ञ जनवरी १४ देखि २८ तारिकसम्म आयोजना गरिएको छ । जसका लागि पुस २९ गते पूर्णिमाका दिन कलश यात्रासहित पवित्र कनकाई माईबाट जल ल्याएर यज्ञको आभ्युदयिक श्राद्ध गर्छाैं र माघ १ गते वरुणयात्रा पूर्वाङ्गपूर्वक महायज्ञ समुद्घाटन गर्छाैं । रुद्र, अतिरुद्र, महारुद्र जे भने पनि भगवानको उपासना हो । यज्ञ बिना देवता प्रशन्न हुँदैनन् । देवता र मानिसको अन्योन्याश्रित सम्बन्ध हुने भएकाले भगवानको उपसनाका लागि यो महायज्ञ आयोजना भएको हो । त्यसकारण देश तथा विदेशमा रहनुहुने सम्पूर्ण महानुभावलाई यो यज्ञमा सरिक भएर पूण्यार्जन गर्न आमग्र गर्दछु । यो यज्ञ औलौकिक यज्ञ भएकाले यहाँले यो यज्ञमा सरिक हुन नछुटाउनुहोला ।
अतिरुद्र महायागको समुद्घाटन कसको बाहुलीबाट गराउनले तयारी छ ?
– बौद्ध दर्शनमा पीएचडी (विद्यावारिधी) गर्ने प्राध्यापक डाक्टरलाई हामीले यहायज्ञको समुद्घाटनका लागि आमन्त्रण गरेका छौं । उहाँ झापावासी हो । प्रा.डा. काशीनाथ न्यौपाने जो झापावासी भएका नाताले हामीले उहाँलाई यज्ञस्थलमा ल्याएर यो यज्ञको समुद्घाटन गराउँदैछौं । उहाँ यस्तो विशिष्ठ व्यक्तित्व हुनुहन्छ– संस्कृतमा मात्र नभई बौद्ध दर्शनमा समेत पीएचडी गरेर भारतको दिल्लीस्थित एक विश्वविद्यालयको पीठादीपति भएर रहनुभएको छ । उहाँकै करमलबाट यो यज्ञको उद्घाटन हुँदैछ ।
महायागको कथा वाचकका रुपमा कति आचार्यबर र पण्डितज्यूहरुको सहभागिता रहन्छ ? अनि उहा“हरु कहा“ / कहा“बाट सरिक हुनुहुन्छ ?
– अतिरुद्र महायाग भनेकै सभ्य र भव्य यज्ञ हो । महायागमा एक सय ५१ जना गुरुजन, विशिष्ठ विद्धान पण्डितहरुले दैनिक पाठ गर्नुहुन्छ । त्यसका लागि हामीले व्यासदेखि वेदी निर्माणसम्म आवश्यक पर्ने सम्पूर्ण कुराहरुको बन्दोबस्त गरेका छौं । यसखाले व्यास र वेदी निर्माण गरेर आयोजना गरिएको यज्ञ नेपालकै पहिलो हुनसक्ने बिद्धान वर्गहरुको ठम्याई छ । हामीले यज्ञको आयोजना गर्नु पूर्व शताब्दि पार गर्न लाग्नुभएका महानुभावहरुलाई सोधनी गरेका थियौं– हजुर अतिरुद्रमहायागमा सरिक हुनुभयो भनेर । तर, उहाँहरुले अतिरुद्र महायागमा आफूहरु सरिक हुन नपाएको र अहिलेसम्म नदेखेको बताएपछि हामीले यो आँट गरेका हौं । यो यज्ञका लागि हामीले नेपालका बिभिन्न शक्तिपीठमा रहनुहुने विद्धान आचार्य पण्डितहरु र बनासरबाट समेत पण्डितहरुलाई बोलाएका छौं । मुख्य यज्ञचार्यको रुपमा प्रा. डा. गुरुप्रसाद आचार्यलाई बोलाएका छौं । उपाचार्यको रुपमा हाकिमप्रसाद भण्डारीलाई बनारसबाट बोलाएका छौं । सह आचार्य पं. डिल्लीराम रिजाल रहनुहुने छ भने अन्य थुप्रै अतिथिहरु बनारसबाट आउँदै हुनुहुन्छ । संस्कृत विषयमा विद्यावारिधि गर्ने थुप्रै विद्यतवर्गको यहाँ उपस्थिति रहने छ । यहाँ यज्ञ सम्पन्न गराउन एक सय ५१ जना ब्राह्मणहरु वरण गरिने छ ।
यस्तो महान कामको थालनी गर्नुभएको छ । यज्ञ शिद्ध गर्न कति खर्च लाग्ने अनुमान छ । अनि त्यत्तिका रुपैया“ कसरी जुटाउनुहुन्छ ?
– भगवान भन्नुहुन्छ ‘त चिता म पु¥याउँछु’ । यो भनाइलाई अहिले म सम्झना गरिरहेको छु । किनकि यो भगवानका लागि आयोजना गरिएको यज्ञ हो । यो यज्ञमा भगवानको उपसना हुन्छ । भगवानको उपसना गर्न हामीले आयोजना गरेको यस यज्ञलाई सफल बनाउन हामी किन डराउने ? भगवानको अनुपम कृपा हामीलाई परेकाले यो यज्ञ शिद्ध गर्न त्यस्तो आपत्ति छैन । किनकि यो यज्ञ तपाईको पनि भएकाले तपाई सम्र्पूणको साथ छ । ‘ओमकार’ परिवारभित्र रहनुहुने आममहानुभावले यो यज्ञलाई सफल बनाउनुहुन्छ भन्ने पूर्ण विश्वास छ । हामीसँग धन दौलत पर्याप्त भएर यज्ञको आयोजना गरिएको होइन । भगवानको अनुपम कृपाका कारण यज्ञको थालनी गरिने हुँदा भगवानको कृपाबाट नै यज्ञ सञ्चालानार्थ रकम जुट्छ । हामी पनि रकम जुटाउन दाता महानुभावहरुसँग दिनहुँ संवाद गरिरहेका छौं । उहाँहरुले रकम प्रदान गर्ने आर्शीवचन गर्नु भएको छ । यो यज्ञ सित्तिमितिको नभएकाले यज्ञादि समापन गर्न दुई करोड रुपैयाँ लाग्ने हामीले अनुमान गरेका छौं । त्यो सबै रकम दाता महानुभाबाटै सङ्कलन हुने छ । यदि तपाईलाई पनि यज्ञ सफल बनाउन सहयोग गर्न मन छ भने शंकराचार्यपीठमा आएर मन खोलेर सहयोग पु¥याउन म निवेदन गर्दछु ।
साधुटार आफैंमा पुण्य भूमि हो । यो भूमिमा गुरुकूल पनि सञ्चालन गर्नुभएको छ । यहा“ दिनहु“ वेदका मन्त्रोचारण हुन्छ । यो भूमिको विषयमा पौराणिक र ऐतिहासिक महŒव के रहेको छ ?
– पाँच हजार वर्ष पूर्वको हतिहास बोकेको पाँच पाण्डवले तपश्या साधनाद्वारा प्रशन्न गराउँदा प्रकट भएकी माता सिद्धेश्वरीको प्राकृतिक देवीथानको काखमा छ साधुटार । वरिपरि नौ वटा टार मध्येको ऐतिहासिक स्वनामधन्य साधुटार प्रचीनकालदेखि नै ऋषिमुनि साधुसन्तहरुको तपस्थलीका रुपमा परिचित रहेको छ । पाण्डवहरुले गुप्तवास बस्न विराटनगरतर्फ जानुअघि आफ्ना धनुषबाण राखेको स्वामी वृक्ष यही भूमिमा छ । जुन भूमिमा हामी अतिरुद्रमहायाग गर्न गइरहेका छौं । महाभारतकालीन इतिहासलाई अध्ययन गर्दा पाण्डवहरु यहाँ छमछम नाचेका थिए । यो भूमि भगवान श्रीकृष्ण नाचेको भूमि हो । विराटनगर पूर्व सम्पूर्ण भूमिलाई पाण्डव नाचेको भूमिका रुपमा हामी लिन सक्छौं । किनभने साधुटारका समिपमा छ किच्चकबध । द्रौपदीलाई अपनाम गर्दा अथवा आँखा लगाउँदा विराटराजाकी श्रीमती रानी सुनयनाका भाइ सेनापति किच्चकलाई भिमसेनले सम्हार गरेको ठाउँ त्यही छ । आज त्यही ठाउँलाई पुरातात्विक विभागले बर्षौदेखि उत्खनन् गरिरहेको छ । पूर्वतर्फ फर्कने हो भने कृष्ण थुम्की छ । जहाँ कृष्ण भगवानको अवतरण भएको ठाउँ हो ।
भगवान श्रीकृष्ण पाण्डवको रक्षाका लागि त्यस ठाउँमा अवतरण हुनु भएको थियो । त्यस्तै हामीसँग पाण्डव पोखरी छ । विराटपोखरी अनि पाण्डव ताल यही झापामा छ । त्यस्तै अर्जुनधारा जलेश्लवर धाम, कञ्चनगढ साधुकुटी जस्ता ऐतिहासिक सम्पदा हुन् । जुन सम्पदाको काखमा हामी छौं । सुरुङ हानेर किच्चकहरु भागेको ठाउँ सुरुङ्गा टाढा छैन । कौरवहरुले पाण्डवका गाई लुटेर लगेको ठाउँ गोेहरा जसलाई आज गरुवा भनिन्छ । गाई लगेर लुकाएको ठाउँ लुकानी आज सुखानीमा परिणत भएको छ । यही भूमिमा हामी छौं र यो भूमि साधुटारकै समिपमा छ ।
त्यस्तै मान्छे जाँदा नफर्किने जंगलका रुपमा यमद्वारालाई लिइन्छ । आज यसलाई ज्यमद्वार भनिन्छ त्यो पनि हाम्रै वरिपरि छ । त्यही फेरिफेरिमा रहेको साधुटार टाढा छैन । नौ वटा टार (बदामटा, दाहालटार, कामीटार, कुम्वीटार, लाप्चाटार आदि) मध्येको यो साधुटार पौराणिक र ऐतिहासिक उत्तिकै महत्व बोकेको ठाउँ हो । विराट र वन पर्वको इतिहास खोतल्ने हो भने यसको महत्व र महिमा छर्लङ्ग हुन्छ । यहाँ ऋषिमुनिहरु अनन्तकालसम्म बसेर तपश्या गर्ने गर्थे तव न यो साधुटार रहन गयो । ऋषिमुनि, साधुसन्त तपश्य गरेको तपोभूमिका रुपमा यसलाई लिन सकिन्छ । यो मेरो निजी कुरा होइन । विराट पर्व र वन पर्वको इतिहास हो यो । यही तपोभूमिमा २०२७ सालमा पण्डित केदारनाथ खतिवडा आएर बसोबास गर्न थालेसँगै यो भूमिको विशेषताका विषयमा खोजी प्रारम्भ भएको हो र आज यही भूमिमा अतिरुद्रमहायाग हुन लागेको हो । २०३३ सालमा गुरुकुलको आवश्यकता महशुस गरी प. खतिवडाकै अगुवाइमा यहाँ गुरुकूलको स्थापना भएको हो । यो गुरुकूल आजपर्यन्त दाताकै सहयोगमा सञ्चालित छ ।
जसरी प्रयागराजमा द्वापरयुगमा एयादी राजाले रोपेको वरको रुख आज पनि छ । त्यो रुखको दर्शनार्थ आज पनि हामी जान्छौं । प्रवास क्षेत्रमा सोमनाथको दर्शन जाँदा भगवान श्रीकृष्ण पिपलको रुखबाट संसार छोड्नुभएको भन्दै त्यस ठाउँको दर्शन गरिन्छ । त्यो रुख पनि आजसम्म छ । जहाँ भगवान श्रीकृष्णले उपरखुट्टी लगाएर बस्नु भएको र त्यही ठाउँबाट संसार छोड्नु भएको थियो– शास्त्र त्यही भन्छ । पाण्डवकालीन इतिहास त्यहाँ जीवन्त छ भने साधुटारको इतिहास किन जीवन्त हुन सक्दैन ? यहाँको स्वामी वृक्ष नै यसको जीवन्त इतिहास होइन र ? यो पाण्डवहरुले धनुषवाण थन्क्याएको ठाउँ जीवन्त भएन र ? पाण्डवकालीन इतिहासका साक्षी अर्जुनधारा, किच्चकबध, कृष्णथुम्की, लुकानी, सुरुङ्गा, गौहरा, कञ्चनगढ, विराटपोखर, पाण्डवपुर होइनन् र ? हामीले यसको अन्वेषण किन नगर्ने । हाम्रा पौराणिक र पुरातात्विक महत्वका सम्पदाका विषयमा अरुलाई किन जानकारी नदिने ? आउनुहोस् साधुटारका विषयमा संसारमा रहेका नेपाली र जगतलाई सुनाउँ भनेर यो महायागको आयोजना गरिएको हो ।
जसरी भारतले धर्मिक क्षेत्रलाई उर्भर बनायो त्यसैगरी नेपालका पनि धार्मिक क्षेत्रलाई उर्भर बनाउन सरकारलाई झक्झक्याऔं, सल्लाह दिऔं, त्यसो हुँदा त्यस्ता क्षेत्रमा लाखौंलाख पर्यटक जान्छन् र मुलुक समृद्ध बन्छ । त्यो विशाल सोच राख्न हामीलाई के ले रोक्यो । हामी आजैबाट जुटौं र धार्मिक पर्यटनको विकासमा लागौं । ४९औं वर्ष वेदोध्वनि गरेको यो ठाउँ आफैंमा पवित्र भूमि हो । घरमा एक दिन वेद पढाउँदा त घर पवित्र भयो भन्छौं । यो भूमि त वेदका ऋचा ऋचाका मन्त्रद्वारा सञ्चित छ । तसर्थ यो पुण्य भूमिमा आयोजना गरेको महायाग स्थलमा तपाईका पाइला परुन् । वृन्दावनलाई जसरी गोपी चन्दन भन्छौं त्यसैगरी साधुटारमा पनि हजारौं हजार सन्तका पाऊँ परेकाले यो भूमिलाई तपोभूमि भन्दा फरक पर्दैन । यहाँको माटो चन्दनभन्दा कम छैन । फेरि पनि भन्छु यो ऐतिहासिक भूमिको दर्शन गर्नुहोस्, महाभारतकालीन इतिहास बोकेको त्यो स्वामीको दर्शन गर्नुहोस् । यहाँहरु समक्षा नम्र निवेदन गर्दछु ।
महायागबाट संस्थागत कामना चाहि“ के गर्नुभएको छ ?
– विश्वको कल्याण यो भन्दा ठूलो कामना के हुन सक्ला र ? राष्ट्रशान्ति, महायागमा सहभागीहरुको मनोकामना पूर्ण, अकाल मृत्यु निवारण नै हाम्रो कामना हो । यस ठाउँमा हामीले गुरुकूल समेत सञ्चालन गरेकाले दैनिक रु. १ दान बाट ११ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य छ । अक्षयकोष स्थापनामा महायागबाट समेत सहयोग रहने हामीले विश्वास लिएका छौं । अहिले एक विद्यार्थी एक अभिभावकत्वमा सफलता ग्रहण गरेका हौं । आगामी वर्ष यो संस्थाको स्वर्ण जयन्ती परेकाले त्यसको प्रचारप्रसार समेत गर्ने हाम्रो उद्देश्य हो ।
यज्ञका उपलब्धि के–के हुन सक्लान् ?
– यो पुण्य भूमिमा अतिरुद्रमहायाग आयोजना गरिनु नै हामी पूर्वाञ्चलबासीका लागि गर्वको विषय हो । यो महायागबाट यज्ञो४पि तस्यै जनतायै (ऐतरेय) अर्थात् सम्पूर्ण जनताको कल्याण गर्न, जसले जे इच्छा राखेको छ त्यो पूर्ण गर्न, धर्म, देश जाति, मर्यादाको रक्षार्थ महापुरुषहरुको संगम गर्न÷गराउन, महायागबाट त्रिताप सहजै नष्ट हुन्छन् र सुख–शान्ति प्राप्त गर्न महायागको आयोजना गरिएको हो । महायागमा सहभागीले मन्त्रद्वारा देवताका निमित्तमा विविध सामग्री दान गर्ने सौभाग्य सबैले पाउन सकुन् भन्ने हाम्रो प्रयत्न हो ।