झापा गोल्डकपको अध्यक्षमा गिरी

0
24

झापा, झापा गोल्डकपको अध्यक्षमा केदार गिरी चयन भएका छन् । गिरी यस अघि झापा गोल्डकपको कोषाध्यक्ष थिए । अध्यक्ष पदका लागि झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष बलराम कार्की र कोषाध्यक्ष गिरीको उम्मेद्वारी रहेपनि कार्कीले उम्मेद्वारी फिर्ता लिएसंगै गिरी अध्यक्ष पदमा सर्बसम्वत चयन भएका हुन् । योसंगै झापा गोल्डकपको सबै पदमा सर्वसम्मत भएको छ ।
गत पुस २९ गते मनोनयन दर्ताकै दिन वरिष्ठ उपाध्यक्षमा गजेन्द्रबहादुर पौडेल र उपाध्यक्षमा युवराज कार्की (पर्वत) निर्विरोध भएका थिए । पौडेल यसअघि स्थापनाकालदेखि सचिव थिए भने कार्की संस्थापक सदस्य थिए ।
सचिव पदका उम्मेदवार प्रकाश शिवाकोटीले समेत नाम फिर्ता लिएपछि अर्का उम्मेदवार बुद्ध तामाङ पनि निर्विरोध निर्वाचित भइसकेका छन् । यता कोषाध्यक्षमा युवराज निरौलाले उम्मेदवारी फिर्ता लिएपछि चन्द्रमणि कट्टेल सर्वसम्मत भएका छन् । त्यस्तै, सहसचिवमा यादव पोखरेलले उम्मेदवारी फिर्ता लिएपछि विष्णु सिग्देल सर्वसम्मत भएका छन् ।
त्यस्तै, सदस्यहरुमा श्याम श्रीवास्तव, किरण थापा, भूपेन्द्र भण्डारी, सुशील थापा, विसन लिम्बू, दिपेन चौधरी, शैलेन्द्र कुरुङबाङ र एजाज अहमद अन्सारी सर्वसम्मत भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here