झापा , बिर्तामोडस्थित एक ग्यारेजमा आगलागी हुँदा तीन वटा बसमा क्षति पुगेको छ । बिर्तामोड –५ स्थित पश्चिम बसस्टेण्डनजिक रहेको ग्यारेजमा निदि क्याम्पसको मे १ ख ३३४५ नम्बरको बसमा मर्मत गर्ने क्रममा अचानक विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीका कारण स्कूल बस पूर्ण रुपमा जलेर नष्ट भएको हो ।
त्यस्तै सोही ग्यारेजमा बनाउन ल्याएको मे १ ख२२१५ नम्बरको मातृ भाग्यरेखा बसको अगाडिको भाग जलेर क्षति भएको छ । त्यस्तै प्र १–०१–००१ ख ४१२६ नम्बरको बसको पेन्टिङ जलेको छ ।
तीनवटा गाडी जल्दा अन्दाजी २१ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।