व्यवसायी राहत कोषमा रकम जुट्दै, राजभण्डारीले दिए २५ हजार

0
23

झापा, बिर्तामोडका व्यवसायी सेजर राजभण्डारीले व्यवसायी राहत कोषमा २५ हजार एक सय रुपैयाँ सहयोग गरेका छन् । उनले आफ्नो जन्म दिनको अवसर पारेर उक्त रकम सहयोग गरेका हुन् । फ्रेन्ड्स फेसन वेयरका सञ्चालक समेत रहेका राजभण्डारीले संघका अध्यक्ष राजु न्यौपानेलाई २५ हजार एक सय रुपैयाँ बरावरको चेक हस्तान्तरण गर्दै व्यवसायीको हितमा खोलिएको कोष वृद्धिका लागि आगामी दिनमा समेत सहयोग गर्ने प्रतिवद्धता जनाए । 
बिर्तामोड उद्योग वाणिज्य संघले आपत विपद्मा परेका व्यवसायीलाई राहत पु¥याउने उद्देश्यले एक करोड रुपैयाँ बरावरको अक्षयकोष स्थापना गरेको हो । अहिले कोषमा झापाका विभिन्न व्यवसायी , सामाजिक तथा अभियन्ताहरुले समेत रकम प्रदान गरिरहेको संघका महासचिव कुशल खतिवडाले बताए ।
फ्रेन्ड्स फेसन वेयरका सञ्चालक राजभण्डारीले संघले स्थापना गरेको राहत कोषमा सहयोग पु¥याएसंगै बिर्तामोड उद्योग वाणिज्य संघले समेत उनलाई कदरपत्रद्वारा सम्मान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here