भारतीय मदिरासहित एकजना पक्राउ

0
27

झापा ।

भन्सार छलेर भित्र्याएको भारतीय मदिरासहित एकजना पक्राउ परेका छन् ।

मेचीनगरको चारआली चोकमा विभिन्न सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएकाे ओल्ड मन्क १६८ पिस र सिक्किम २००० लेखिएको ७२ पिस गरी जम्मा २ लाख ४० हजार मूल्य बराबरको मदिरासहित मोरङ सुन्दरहरैचा नगरपालिका-८ बस्ने ४० वर्षीय शंकरप्रसाद प्रसाईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै गएराति मेचीनगर नगरपालिका ६ हनुमान मन्दिरमा अबैध रुपमा ल्याएर राखेको अन्दाजी १ लाख २ हजार ५०० मूल्य बराबरको उपभोग्य सामानहरु बेवारिसे अवस्थामा फेला परेको छ ।

ती सामान बरामद गरी आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको डीएसपी कृष्णकुमार चन्दले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here