अर्थ

0
18

मायाको अर्थ त
बिर्सिसकेँ
सम्झनाका अर्थ चाहिंँ
आँशुको
सागर पो हुँदोरहेछ ।

जीवन
जीवन
दिन–प्रतिदिन
छोपिँदै गएको
ओडार जस्तो भएको छ
र जीवन
मात्र एउटा शब्द, शब्दकोशको
डर छ
त्यहाँबाट पनि हटाउला कि भनेर ?
सकिएको काम
मलाई
मारिदिनुस्
मैले
भोट दिइसकेँ
के
अब
मेरो काम
सकिएन र ?

कैद
नबिर्स
तिमीले बिर्सदा
मेरो मुटु
फुट्न सक्छ
तिमीलाई
अझै र सदैव
माया गर्ने
कुन प्रमाण पेशौं ?
तिम्रो प्रेमको
शिखर नै बनाएर
सदैवका लागि
मुटुमा कैद गर्न सक्छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here