पूर्व मुख्यमन्त्री तथा काङ्ग्रेस नेता थापामाथि आक्रमण

0
365

बिर्तामोड ।

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री माननीय उद्धव थापामाथि आक्रमण भएको छ ।

उहाँको देब्रे आँखाको माथिल्लो भागमा चोट लागेको छ । हाल बिर्ता सीटी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको छ ।

नेपाली काङ्ग्रेस कोशीका सभापति तथा संसदीय दलका नेता थापा माथि झापाको कनकाईस्थित जामुनबारी चोकमा आज साँझ आक्रमण भएको हो ।

आक्रमणमा संलग्न विद्युत प्राधिकरणका चालकसहित दुई जनालाई प्रहरीेले नियन्त्रणमा लिएको छ । भीआईपी सवार गाडीलाई साइड नदिनु र भीआईपी भनेर चिनेपछि आक्रमण भएको बताइएको छ ।

थापाले आफ्नो ज्यानको कुनै प्रवाह नभए पनि नागिरकको ज्यानको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् । यो घटनाले जिल्लाको शान्ति सुरक्षा कस्तो रहेछ भनेर छर्लङ्ग बनाएको थााले बताए ।

थापा नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कदै थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here