कमल ।
कमलनगर जेसीजको वर्ष २५ का लागि अध्यक्षमा भीम अधिकारी निर्वाचित भएका छन् ।
कमल गाउँपालिका १ स्थित कमल पोखरी सामुदायीक भवनमा सम्पन्न निर्वाचनबाट अध्यक्षमा अधिकारी निर्वाचित भएका हुन् ।
त्यस्तै कार्यकारीणी उपाध्यक्ष मनिसा कठायत र रोशन अधिकारी निर्वाचित भएका छन् । उपाध्यक्षमा दिपा घिमिरे, अर्चना कार्की, मिलन पौडेल, कमल कटुवाल निर्वाचित भएको निर्वाचन आयुक्त नारायण बस्नेतले जानकारी दिए ।
त्यसैगरी तालिम निर्देशकमा भुमिका चापाँगाई, जन सम्पर्क अधिकारीमा भीमकुमारी बस्नेत निर्वाचित भएका छन् ।