कमल ।
दोश्रो कमल स्तरीय व्याडमिन्टन प्रतियोगिता २०८१ सम्पन्न भएको छ । कमल गाउँपालिका ४ स्थित सिद्धार्थ अमलडाँगी कभर्ड हलमा आज सम्पन्न प्रतियोगिताको उद्घाटन कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गर्नु भएको थियो ।
१५ वटा टिम सहभागी रहेको प्रतियोगितामा उदिप राई र दिवान राईको टिम प्रथम भएको छ । त्यस्तै रविन राई र अनिश राईको टिम द्वितिय भएको छ भने धनेन्द्र दाहाल र सुदिप राई तथा याम लिम्बु र यसु लिम्बुको टिम तृतिय भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुन टिमले नगद २० हजार ५ रुपैयाका साथमा ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नु भएको छ । त्यस्तै द्वितिय हुने टिमले नगद १५ हजार पाँच रुपैयाका साथमा ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नु भएको छ । भने तृतिय हुने टिमले नगद ४ हजार रुपैयाका साथमा ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नु भएको छ । कमल गाउँपालिका खेलकुद विकास समितिका सदस्य मनोज गुरुङले जानकारी दिनुभयो ।
व्याडमिन्टन सबै उमेर समुहले खेल्न सकिने खेल हो । पछिल्लो समय गाउँपालिकाले खेलकुदको क्षेत्रमा सहयोग गर्दै आएको कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताउनुभयो । कमल खेलकुद विकास समितिकाका संयोजक सन्त कुमार मगरको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कमल खेलकुद विकास समितिकाका सहसंयोजक तेजकुमार राईले शुभकामना मन्तव्य राख्नु भएको थियो ।