बिराटनगर,
इनर व्हील अफ पाटनले सुनसरी जिल्लाको इनरुवा नगरपालिकास्थित जिल्ला अस्पतालमा आगामी माघ १२ र १३ गते आँखा शिविर सञ्चालन गर्ने भएको छ।
शिविरमा मोतिबिन्दुको निःशुल्क परीक्षण तथा निशुल्कअपरेशन सेवा प्रदान गरिनेछ। उक्त कार्यक्रम इनरुवा नगरपालिकाको कार्यालय र जिल्ला अस्पतालको सहकार्यमा हुनेछ। शिविरलाई सफल बनाउनका लागि डी एन ग्रुप अफ कम्पनीज र जग्गा तथा आवास विकास संघ सुनसरीले विशेष सहयोग गर्ने नेत्र चौलागाईले जानकारी दिए।
आँखा सम्बन्धि समस्या भएका सम्पुर्ण महानुभावलाई शिविरमा सहभागी हुन पनि आग्रह गरिएको चौलागाईले जानकारी दिए । यो कार्यक्रमले दृष्टि सम्बन्धी समस्या भएका व्यक्तिहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने अपेक्षा गरिएको समेत हुनले बताए।