प्रेमिकाले धोका दिएको भन्दै विवाहित पुरुषले आफैंलाई आगो लगाए

0
63

विराटनगर,

मोरङको उर्लाबारीमा झापा दमक ७ का एक विवाहित पुरुषले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । उर्लाबारी नगरपालिका–६ स्थित अन्नपूर्ण खाजा घरमा दमक–७ घर भएका ४० वर्षीय विनोद थापाले पेट्रोल छर्किएर आगो लगाएपछि उनी घाईते भएका हुन् ।

आइतबार बेलुकी थापाको टाउको, हातको पञ्जासहित शरीरका भागका जलेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी तथा प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए । उनको अहिले विराट टिचिङ अस्पतालमा उपचार भइरहेको डीएसपी तथा प्रवक्ता जोशीले बताए।

‘प्रेमिकाले बेवास्ता गरेपछि’ आफ्नै शरीरमा पेट्रोल छर्किएर उनले आगो लगाको प्रहरीले जनाएको छ। आगो लगाएका उनी विवाहित रहेको प्रहरीको भनाई छ ।अन्नपूर्ण खाजा घर झापाको दमक नगरपालिका–३ घर भएकी २८ वर्षीय इन्द्र लिम्बुले सञ्चालन गरेकी हुन् । थापाले प्रेमिकाले धोका दिएको भन्दै त्यहाँ पुगेर आगो लगाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here