बिराटनगर,
स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचा,मोरङले जाडोमा १५० जना ज्येष्ठ नागरिकलाई ऊनीको मखलर वितरण गरेको छ। सुन्दरहरैचा नगरपालिका भित्रका १२ वटै वडाका असहाय तथा जेष्ठ नागरिक लाई जाडो वाट बचाउने प्रयास स्वरूप बहु-उपयोगी मखलर वितरण गरेको हो।
स्वतन्त्र नागरिक समाज सचिवालय प्रमुख नेत्र प्रसाद चौलागाईंका अनुसार जाडो मौसममा विशेष गरी बच्चा, वृद्धवृद्धा र दीर्घरोगीमा बढी समस्या देखिने भएकाले १५० ज्येष्ठ नागरिकलाई ऊनीको मखलर वितरण गरिएको बताए ।
हाम्रोजस्तो भौगोलिक अवस्था भएको देशमा तराईदेखि हिमालसम्म कठ्याङ्ग्रिने जाडो हुन्छ । जाडोमा शरीरलाई न्यानो बनाउने लुगा लगाउनुपर्छ । चिसो महिनामा कोठालाई न्यानो बनाउन, आफूलाई तातो बनाउन दाउरा बाल्ने, हिटर राख्ने गर्छौं, एसी लगाउँछौँ । यसले गर्दा हाम्रो शरीरमा नकारात्मक असर पार्छ ।
विशेषगरी तराई र हिमाली क्षेत्रमा कोइला बाल्ने, दाउरा बाल्ने, झ्याल ढोका थुन्ने, कोठालाई न्यानो बनाउने गरिन्छ । कार्यक्रमा स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाका संयोजक चिरञ्जीवी शिवाकोटी,सचिवालय चौलागाईं, समाजसेवी कमला देवी अधिकारी लगायतको उपस्थिति रहेको थियो।